क्युस्यु, आइतबार, ९ जेठ २०७८ । नेपाल आदिबासी जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।
आज जुम भर्चुअल माध्यमबाट भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशनबाट अध्यक्ष रोशन कुमार राईको नेतृत्वमा नयाँ २०२१/०२३ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
क्युस्यु क्षेत्रमा रहेका बिभिन्न जातीय संघसंस्थाहरुको नेतृत्व गर्दै आईरहेको नेपाल आदिबासी जनजाती महासंघ क्युस्युले एक अध्यक्ष, एक महिला उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, १ सचिब, १ सह–सचिब, १ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र ७ प्रत्यक्ष सदस्य रहेको नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।
क्युस्यु क्षेत्रमा संगठनात्मक रुपमा राम्रो उपस्थिति तथा काम गर्दै आईरहेको अध्यक्ष भिम बहादुर गुरुङ्गको अध्यक्षता र नेपाल आदिबासी जनजाती महासंघ जापानका केन्द्रिय अध्यक्ष संजिब चाम्लिङ्ग राईको प्रमुख अतिथिमा तेस्रो अधिबेशन सम्पन्न गरेको हो ।
क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको सक्रियता र संचालनमा भएको क्युस्यु क्षेत्रको तेस्रो अधिबेशनमा नेपाल आदिबासी जनजाती महासंघका अग्रज ब्यक्तित्वहरु, क्युस्यु क्षेत्रका बिभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको उपस्थितिमा अध्यक्ष रोसन कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।






































