अमेरिका, बुधबार, ८ बैशाख २०७८ । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्षमा कृष्ण लामिछानेको उमेदवारी दर्ता गराउनु भएको छ ।
सबल र सक्षम एनआरएनए निर्माणको यो महाअभियानमा यहाँहरूको साथ र भरोसाको पूर्ण आशामा नेपाल सरकारद्वारा मान्यता प्राप्त सबै भन्दा ठुलो प्रवासीहरुको संस्था एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गराउनु भएको जानकारी दिनु भएको छ ।
आगामी मे महिनामा हुने निर्वाचनका लागि एनआरएनए अमेरिकाको आगामी निर्वाचन केवल संस्थाको नियमित प्रकृया मात्र होईन , यो बिशाल संस्थालाई नियममा हिँडाउन, मर्दा-पर्दा यहाँहरुको सुख दु:खको सारथी बनाउन र सबैभन्दा ठुलो एनसीसीको बलले आईसीसीमा अमेरिकाको एनआरएनएनको साख र प्रभाव राख्न सही पात्रको छनौट हुन पनि जरुरी छ र त्यसको लागि म अहोरात्र जुट्ने छु यति कामका लागि आफुलाई योग्य भएकोले अध्यक्षमा कृष्ण लामिछानेको उमेदवारी रहेको हो ।
२० बर्षे अमेरिकन जीवनमा यहाँको नेपाली समुदाय प्रतिको मेरो अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका साथ यहाँहरुको गाली र तालीको पूर्ण आशा गरेको उहाँको भनाइ रहेको छ ।
कृष्ण लामिछाने
अध्यक्ष पदको प्रत्यासी
एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३





































