काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । विश्वभर छरिएर रहेका गोरखालीहरुको छाता संस्था ग्लोबल गोरखा समाज “महिला विभाग” को आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भर्चुअल माध्यममार्फत भव्यताका साथ सम्पन्न भएको छ ।
समाजकी सचिव तथा महिला विभाग संयोजक शकुन्तला गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा पुर्व मन्त्री महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कमला पन्त, विशेष अतिथिहरुमा प्रदेश सभा सदस्य, गण्डकी प्रदेशका माननीय द्वय मनकुमारी गुरुङ, धनमाया लामा, महिला सशक्तिकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगिता भट्टराई, आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई, चेली नेपालकी अध्यक्ष सुनिता शर्मा र जिल्ला समन्वय समिति गोरखाकी उप- प्रमुख जानुका अधिकारी अतिथिहरुमा गोरखा नगरपालिका उप-प्रमुख बिना कुमारी श्रेष्ठ, पालुङगटार नगरपालिका उप-प्रमुख पम्फा बसेल, गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, भिमसेन थापा गाउँपालिका उपाध्यक्ष विनु वाग्ले, साहित्यकार हाल अमेरिका निवासी सिता अर्याल लगाएत विभिन्न सामाजिक संघ-संस्थामा आबद्द महानुभावको सहभागीता रहेको थियो ।
सम्पुर्ण नगर/गाउँपालिका उप-प्रमुख/ उपाध्यक्षहरु अतिथि रहेको कार्यक्रममा प्रविधिकै कारणले आफुहरु उपस्थित हुन नसकेको सन्देश समेत विभिन्न गाउँपालिका उप-प्रमुखहरुले जानकारी गराउनु भएको थियो ।
समाजका सदस्य समेत रहनु भएका कमला लम्साल काप्री सन्चालिका रहनु भएको कार्यक्रममा प्रमुख अतिथि पन्तले शुरुवातिका दिन देखि आजसम्म महिला अधिकारका लागी अग्रजहरुले खेल्नु भएको भुमिका सहित आफु नेपाली राजनितिमा रहेर महिलाहरुको प्रतिनिधित्व गर्दै अग्रणी भुमीका रहेर गरेका महिला हक,अधिकार र कामका बारेमा प्रष्ट पार्नु भएको थियो ।
साथै, गण्डकी प्रदेश सभा सदस्य समेत रहनु भएकी माननीय मनकुमारी गुरुङले वर्तमान परिपेक्षमा आफ्नो भुमिका र महिला हक, अधिकार र स्थानीय निकायमा भई रहेका महिला हिसाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
समाजकी सल्लाहकार समेत रहनु भएकी तिल कुमारी गुरुङ लगाएत समाजकी उपाध्यक्षद्वय जानुका रेग्मी खनाल र रश्मी थापाले महत्वपुर्ण विचार राख्नुका साथै आगामी दिनमा संस्थाले विभिन्न क्षेत्रबाट महिला हक़, अधिकारका लागी काम गर्ने संस्थाहरु संग समन्वयका साथै संस्थाको सहयोग रहने विचार व्यक्त गर्नु भयो ।
आफ्नो महत्वपुर्ण विचार राख्दै समाजका अध्यक्ष विनय अधिकारी,ऊपाध्यक्ष गोकर्ण प्रसाद ढकाल लगाएतले लामो समय सामाजिक क्षेत्रमा क्रियाशील रहेर महत्वपुर्ण काम गर्दै आफ्नो संस्थाको तर्फबाट कार्य प्रतिवेदन ऊत्कृष्ठ राख्नु भएकोमा सामाजिक संघ संस्थाको तर्फबाट आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई, महिला शसक्तिकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगिता भट्टराई लगाएत लाई धन्यवाद प्रकट गर्नु भयो ।
समाजका कोषाध्यक्ष आकाश बन्जाराले नारी दिवस विशेष कार्यक्रम ग्लोबल गोरखा समाजको ऐतिहासिक कार्यक्रम हुनुको साथै गोरखाली दिदि बहिनीहरुले महिला,हक़,अधिकारका निमित्त हुने यस्ता कार्यक्रममा आफ्नो आर्थिक,नैतिक,भौतिक सहयोग सधै रहने विश्वास व्यक्त गर्नु भएको थियो ।
साथै, १११औ नारी दिवसको अवसरमा प्रवासी गोरखाली महिलाहरुले यस अवसरमा गण्डकी गाउँपालिका साबिकको ताङगलिचोक गाबिसका अत्यन्तै विपन्न परिवारका ३५ घर चेपाङग परिवार लाई आवश्यक लत्ताकपडा र खाधान्न स्थानिय निकाय संगको समन्वयमा छिट्टै सहयोग गर्ने घोषणा गर्नु भएको संस्थाका सचिव विराट खनालले जानकारी दिनुभयो ।





































