Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२०:२४ दिउँसो
- ADVERTISEMENT -

‘नेपालको भरपर्दो सहयोगी जापान’

प्रकाशित मिति: २०७५ पुस १०, मंगलबार

952
Shares

काठमाडौँ, पुस १० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताउनुभएको छ ।

हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको रहेको बताउनुभयो ।

उहाँले नेपालको भौतिक पूर्वाधार, कृषि, शिक्षाका क्षेत्रमा जापानले विनासर्त सहयोग गरेको र नेपालको हितलाई केन्द्रमा राखेको उल्लेख गर्नुभयो । कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षमा दुई मुलुकबीच जनस्तरमा समेत सम्बन्ध विस्तार भएको भन्दै उहाँले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र जापानबीच स्वभावैले गहिरो भावनात्मक सम्बन्ध रहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले विपद् व्यवस्थापनमा जापान सरकारले भित्र्याएको प्रविधि र ज्ञान नेपालका लागि अनुरकणीय रहेको बताउनुभयो ।

नेपाल पनि प्राकृतिक विपद्को उच्च जोखिममा रहेको भन्दै उहाँले विपद्सँग जुध्न र त्यसको क्षति कम गर्न जापान सरकारले गरेको प्रयास उत्कृष्ठ र ग्राह्य हुने उल्लेख गर्नुभयो ।

गौतम बुद्धको जन्मस्थल रहेको नेपाल र बुद्ध धर्मावलम्बीको ठूलो हिस्सा रहेको जापानबीच शान्ति, भातृत्वका आधारमा पनि उच्चस्तरको सम्बन्ध रहेको बताउनुभयो । अध्यक्ष दाहालले युद्धको विभीषिका र शान्तिको महत्वका बारेमा जापान जानकार रहेको र विभिन्न अप्ठ्यारासँग जुध्दै सहकार्यका आधारमा समाज र विश्वलाई अगाडि बढाउन प्रयास गरेको विषय हाम्रा लागि पनि प्रेरणाप्रद छ भन्नुभयो ।

उहाँले आगामी दिनमा दुई देशको सम्बन्ध अझै प्रभावकारी भएर जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल र जापान सम्बन्धकमा विविधि आयामका बारेमा चर्चा गरिएको समाजका सचिव रामनाथ राईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -