Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:३९ बिहान
- ADVERTISEMENT -

कतारमा कार्यरत नेपालीको स्वास्थ्य परीक्षण सहज गर्न तरुण दलको माग

प्रकाशित मिति: २०७५ मंसिर २८, शुक्रबार

1305
Shares

ललितपुर, २८ मङ्सिर २०७५ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाल तरुण दलले त्यहाँस्थित नेपाली राजदूतावासलाई आग्रह गरेको छ । सहज स्वास्थ्य परीक्षणको व्यवस्था नहुदा नेपाली कामदारको मृत्यु भएका घटनालाई देखाउँदै नेपाल तरुण दलले कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाली दूतावासलाई आग्रह गरेको हो ।

नेपाली कामदारको अवस्था बुझ्न कतार गएको नेपाल तरुणदलका उपाध्यक्ष सहितको टोलीले नेपाली राजदूत रमेश कोइरालालाई भेटी कामदारको अवस्था र उनीहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएका थिए । नेपालीहरुको ठुलो हिस्सा कतारमा छ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले भने, ‘उनीहरुले कमाएर ल्याएको पैसाले नेपालको अर्थतन्त्र र उनीहरुको परिवार धानिएको छ ।

त्यसैले कामदारका परिवारको स्वास्थ्य बिमा र निःशुल्क वा सस्तोमा स्वास्थ्य परीक्षण गर्ने सहज व्यवस्था कतारमा पनि गरिनुपर्छ ।’ उनले भने, ‘देशको अर्थतन्त्र धान्ने कामदारको स्वास्थ्यलाई सरकारले अहिलेको अवस्थामा कमजोर ठान्न मिल्दैन । चापागाईले वैदेशिक रोजगारमा गएका युवा युवतीहरु स्वास्थ्य रहेको खण्डमा राज्यलाईनै फाइदा पुग्ने बताए ।

नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढिरहेको भन्दै सरकारले नेपाली दूतावासहरुमा स्वास्थ्य सहचारी टोली राख्नुपर्ने बताए । अधिकांश मानिस अशिक्षित भएका कारण सम्बन्धित देशको भाषा र वातावरणबारे जानकारी नहुँदा आफुलाइ भएको स्वास्थ्य समस्या लुकाउने गरेका छन् । ‘

भाषाले गर्दा आफुलाइ भएको स्वास्थ्यको समस्या नभन्ने र अस्पताल समेत जाँदैनन् जसले गर्दा कतिपयको मृत्यु भएको छ,’ चापागाई भन्छन । टोलीले कामदारको सहज रुपमा पारिश्रमिकको व्यवस्थापन गर्न पनि दूतावासलाई भनेको छ । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै समस्या समाधानतर्फ अग्रसर हुने बताए । ‘केही समस्याहरु रहेका छन् त्यसलाई सुधार गर्न हामी लागि परेका छौं’ कोइरालाले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -