जापान, सोमबार, १२ माघ २०७७ । सन्जु अंगाईद्वारा जापानमा संकलन गरिएको रकम बिरामीलाई हस्तान्तरण गरिएको छ ।
दुइ बर्षदेखि जापानको फुकुओकाको Nishinihon International school मा अध्ययनरत योग बहादुर थापालाइ ब्रेन ट्युमर भइ क्यान्सर जस्तो घातक रोग लागेर अस्पलातमा उपचारका क्रममा रहनु भएको छ ।

परदेश यसै पिडा दायक हुन्छ त्यस माथि यसरी रोगले थला पारे पछिको अवस्था कस्तो होला । यो पिडालाइ कम गर्न सधै सेवा गर्न तत्पर रहने, पिडा देख्न नसकेर सहयोगी मनले उपचारका लागि आफुले सकेको आर्थिक सहयोग गर्नु भएको छ ।
आज बिरामी योग बहादुर थापाको खातामा बिदेशको पिडा देख्न नसकेर सहयोगी मनले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको रकम ¥96600 संकलन गरी बिरामीलाई हस्तान्तरण गरिएको समाजसेबी सन्जु अंगाईले जानकारी दिनुभयो ।





































