Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:२७ बिहान
- ADVERTISEMENT -

सीड्नीमा कोरोना बढेपछि कडा प्रतिवन्ध, नियम तोडे भिषा रद्द समेत हुने

प्रकाशित मिति: २०७७ पुस १५, बुधबार

742
Shares

सीड्नी, १५ पुस २०७७ | पछिल्लो २४ घण्टामा १७ हजार मानिशमा परिक्षण गर्दा न्यु साउथ वेल्स (सीड्नी) वरपर १८ जनामा संक्रमण भेटिएसँगै नयाँ वर्षको पुर्वसंन्ध्यामा राज्य सरकारले केहि कडा प्रतिवन्धहरु लगाएको छ । जसमा नया बर्षको घरायसी जमघट ५ जनामा सीमित हुने भएको छ । घर बाहिर भेला हुन पाउने मानिसहरूको संख्या ५० बाट ३० जनामा सिमित पारिएकोे छ । 

नयाँ संक्रमित मध्ये ९ जना भने पुरानो उत्तरी क्षेत्र एभलोनको संक्रमणसँग जोडिएका छन् भने ६ जना चाही पश्चिमी क्षेत्र एसफील्ड नजिकैको क्रोयडनमा देखिएको छ । ति सबै एकै परिवारका सदस्य रहेका छन । 

 क्रिसमसमा केहि अस्थायी भिषाधारीले सरकारको प्रतिवन्धको वेवास्ता गर्दै समुन्द्री किनारमा खुलेआम पार्टी गरेपछि सरकारले त्यसको छानबिन गर्दै कारबाही अगाडि बढाउने भएको छ । 

त्यतीमात्र होइन सरकारले कोभिड १९का प्रतिवन्धहरु तोडेमा अस्थायी भिषाधारीहरुको भिषा रद्द गर्ने र स्वदेश फर्काइदिनेसम्मको कठोर निर्णय गर्ने बताएको छ । 

सिड्नीको उत्तरी क्षेत्रमा शुरु भएको कोरोनाभाईरसको संक्रमणलाई नियन्त्रण गर्न न्यु साउथ वेल्स सरकारले विभिन्न प्रतिबन्धहरु अगाडि सार्दै आएको छ।

“ पछिल्ला घटनाक्रमका बारेमा बोल्दै सरकारका अध्यागमन मन्त्री एलेक्स हक ले समेत सरकारी स्वास्थ्य आदेशको अवहेलना गरेको खण्डमा तोकिएको जरिवाना साथै, उनीहरुको भिषा पनि रद्द गरिने बताएका छन । 

अध्यागमन ऐन अन्तर्गत, सरकारले कुनै पनि बेला अस्ट्रेलियामा रहेका विदेशी नागरिकहरुको भिषा रद्द गर्ने अधिकार राख्दछ, मन्त्रीले हक बताए । 

पछिल्लो समयमा कोभिड(१९ सङ्क्रमितहरूको सङ्ख्या बढे देखि नर्दन बीचेसमा वर्तमान समयमा सबै भन्दा कडा प्रतिबन्धहरू लागु गरिएका छन्। 

पछिल्लो समयमा कोभिड(१९ सङ्क्रमितहरूको सङ्ख्या बढे देखि नर्दन बीचेसमा वर्तमान समयमा सबै भन्दा कडा प्रतिबन्धहरू लागु गरिएका छन्। 

नर्दन बीचेसको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई जनवरी ९ तारिख सम्म घर भित्रै बस्न कडा आदेश दिइएको छ, तर नया बर्षमा भने आफ्नो घरमा बालबच्चा सहित पाँच जना सम्म भेला गर्न पाउने छन्। भेला हुने सबै जना त्यसै क्षेत्रका बासिन्दा हुनु पर्छ। नर्दन बीचेसको दक्षिणी क्षेत्रका मानिसहरूले पनि बालबच्चा सहित सोही क्षेत्रमा बस्ने पाँच जनालाई भेला गर्न पाउने छन्, तर ग्रेटर सिड्नीका बासिन्दाहरूलाई भने बोलाउन पाउने छैनन्। 

उत्तरी र दक्षिणी, दुवै क्षेत्रका बार, रेस्टुरेन्ट र सम्बन्धित स्थलहरू टेकअवेका लागि मात्र खुल्ने छन् । 

यसैबिच, सिड्निको नर्दन बीचेसमा फैलिएको कोभिड(१९को संक्रमणको कारण अहिलेसम्म १ सय २९ जनामा समक्रमित भएको यहाँको राज्य सरकारले बताएको छ। Gnn

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -