Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
२:०२:०७ दिउँसो
- ADVERTISEMENT -

एनआरएनएमा गतिशील र भिजनरी भावी नेतृत्व : आवश्यक परामर्श र समन्वयका लागि गृहकार्य सुरु

प्रकाशित मिति: २०७७ मंसिर १०, बुधबार

622
Shares

लन्डन, बुधबार, १० मङ्सिर २०७७ । बिदेशस्थित नेपाली कां’ग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिले पार्टीको १४ औं महाधिवेशन र गैर आवसीय नेपाली संघ (एनआरएनए) नेतृत्वका लागि आवश्यक परामर्श र समन्वयका लागि गृहकार्य सुरु गरेको छ ।

विश्वभर ३५ भन्दा बढी देशमा विस्तार भएको जनसम्पर्क समितिले हालै अध्यक्षहरुबीच भर्चुअल बैठकको आयोजना गरी आफ्नो अधिवेशन र एनआरएनएको भावी नेतृत्व चयनका लागि आवश्यक तयारी थालेको जनाएको छ ।

२३ देशका अध्यक्ष तथा प्रतिनिधीहरु सहभागी हालैको बैठकमा एनआरएनए निर्बाचनमा सकृय भूमिका सहितको सहभागिता, जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने साथै आपसी एकता र मेलमिलापको बातावरण तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाल एनआरएन गठन रहेका सबै देशको एनसीसी र आगामी आइसीसी नेतृत्वमा कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेकाहरुलाई नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय पनि गरेको छ । यसका लागि एनआरएन अभियन्ता र जनसम्पर्क समितिको विभिन्न भूमिका रहेकाहरुको एक बृहत कार्यदल गठन गर्न केन्द्रसँग परामर्श गर्ने पनि जनाएको छ ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जनसम्पर्क समिति,भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयुक्त पहलमा भएको बैठकमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने गरी एक समन्वय टीम क्रियाशील गर्ने निर्णय पनि गरेको छ ।

भर्चुअल बैठकमा एनआरएन र र नेपाली जनसम्पर्क समितीसँग आबद्ध र अनुभबी ब्यक्तीहरु सहभागी हुनेगरी तत्काल छलफल र बैठक शुरु गर्ने, जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन पहल गर्ने, विश्वभर छरिएर रहेका लोकतान्त्रिक पक्षधर नेपालीहरुको योग्यता, क्षमता र बिज्ञता हासिल गरेका व्यक्तिहरुको पहिचान गरि उनीहरुको अनुभवलाई पार्टी र मातृभूमिको हितका लागि सदुपयोग गर्न विश्वब्यापीरुपमा पहल गर्ने पनि निर्णय गरिएको छ ।

आगामी बर्ष हुन लागेको एनआरएनए ग्लोबल सम्मेलनमार्फ नेतृत्व चयनका लागि सक्षम र योग्य उम्मेदवारको छनोटका लागि गृहकार्य पनि तत्कालै थाल्ने पनि छलफल भएको छ । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षका रुपमा पूर्व उपाध्यक्ष कुल आचार्यले तयारी गरिरहेका छन् ।जीएनएन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -