Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
१०:४४:२८ बिहान
- ADVERTISEMENT -

तिहारको अवसरमा फ्रान्समा गोरखालीको देउसी-भैलो

प्रकाशित मिति: २०७५ कात्तिक २८, बुधबार

1735
Shares

 कात्तिक २८-सुजनराज भट्ट/पेरिस                            प्रबास जिवनको ब्यस्तताको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको  छोटो अवधिमा तेश्रो र  भब्य कार्यक्रमको रुपमा देउसी-भैली २०७५ (२०१८) संम्पन्न गरेको छ । गतः जुलाई महिनाको प्रारम्भमा  बनभोज को माध्यमबाट समाजको पहिलो परिचयात्मक कार्यक्रम संम्पन्न गरेर जुलाइकै अन्तिममा नेपालका पूर्ब प्रधान मन्त्री एबं गोरखाका सांसद डा. बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघका अंतर्राष्ट्रीय अध्यक्ष गोरखाली भबन भट्ट सँग संयुक्त अन्तर्क्रिया कायक्रम पनि संम्पन्न गरेको थियो । ११ नोभेम्बर आइतबारका दिन गोरखाली देउसी भैलो कार्यक्रम २०१८ संस्थाका उपाध्यक्ष श्री रामेश्वर श्रेष्ठको घरमा सम्पन्न गर्यो । गोरखाली समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा गोरखाली देउसी भैलो कार्यक्रम सम्पन गरेको हो । तिहार बिशेष बिभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम भब्य र सफल भएको थियो। 

हाम्रा बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना पनि गर्ने र संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा लगभग १५१० युरो संकलन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार  एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष सुक गुरुङ, सल्हाकार एवं एन. आर. एन. ए. फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल, एन आर एन ए फ्रान्सका पूर्व उपाध्यक्ष  हरि सापकोटा,  एन आर एन फ्रान्सका अन्तरास्ट्रिय समन्व परिषदका पूर्व सदस्य मिन जी सी, नेपाली साँस्कृतिक गृहका अध्यक्ष  हेमन्त उपाध्याय, नेपाली एकता समाज फ्रान्सकी महासचिब डोल्मा तामांग, तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथिती रहेको थियो ।  

गोरखाली समाज साँस्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, रोशनी हमाल बानिया र कुल ब. लामा तथा साथीहरुको बेजोड देउसी भैलो तथा साँस्कृतिक  प्रस्तुती रहेको थियो। कार्यक्रम संचालन संस्थाका महासचिब राजेन्द्र बाबु श्रेष्ठले गर्नुभयको थियो। भने खाना र मिठाई बनाई उपहार स्वरूप सहयोग गरनेमा शुभद्रा श्रेस्ठ, संजीब देबकोटा, दीपक मगर, सुजन भट्टराई, रवीना सिंखड़ा, सामुन राई सुक गुरुंग परिवार  हुनुहुन्थ्यो । कार्य ब्यस्तताले उपस्थित हुन असमर्थ भएको कुरा महामहिम राजदूत श्रीमती लुइटेलले र नियोग उप प्रमुख श्री भट्टराई ज्यू ले जानकारी गराउनु भएको थियो । भने एन. आर. एन. ए. फ्रान्सका आई सी सी सदस्य श्री सुबर्ण बिक्रम हमालले भने आफू अनुपस्थित भए पनि देउश्री-भैलीलाई दक्षिणा सहयोग पठाउनु भएको थियो ।

बि. सं. २०३४ मा गोरखा बजारमा जन्मिएर २०७४ मा पेरिसमा परलोक हुनुभएका स्वर्गीय गोरखाली युबक उमेश अर्यालको चीर स्मृतिमा उँहाँका परिवारले यस समाजलाई आबश्यक परेको बाध्य बादन तथा म्युजिक सिस्ट्म खरीद गर्नको लागि ४०० युरो प्रदान गर्नु भएकोछ ।

अन्तमा, अध्यक्ष सुरेन्द्र काप्रीले दक्षिणा दिनुहुने, तथा उपस्थित सबै महानुभावहरुलाई हार्दिक धन्यवाद दिदै आउने बर्ष अझै भब्य देउसी कार्यक्रम गर्ने बताउदै  कार्यक्रम समापन गर्नु भएको  थियो।

स्मरण रहोस् कि गोरखा जिल्ला सिरान्चोक  गाउपालिका ४ निबासी श्रीमती प्रतिमा हमाल देबकोटाको १२ बर्षे छोरा प्रशिद्द हमालको दुबै मृगौला फेरेर उपचार गर्नु परेकोमा आर्थिक सहयोगको अपिल गर्नु भए अनुसार सुजन बाँनियाको सँयोजकत्वो मा छुटै लगभग १४५६ युरो संकलन भइसकेको छ । संकलित रकम केही दिनमा नेपालमा हस्तांतरण गर्ने कुरा पनि देउश्री-भैलीमा उपस्थित सबै महानुभावहरुलाई गोरखाली समाज फ्रान्सका अध्यक्षले जानकारी गराउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -