काठमाडौँ, आइतबार, २३ कात्तिक २०७७ । ग्लोबल गोरखा समाजको कार्यसमितिको बैठकबाट सचिव पदमा दुई जना मनोनित हुनु भएको छ ।
गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको दोस्रो महाधिवेशनबाट सस्थाले पूर्णता पाएको हो । युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा गत अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उक्त अधिबेशन सम्पन्न भएको थियो ।
ग्लोबल गोरखा समाजको कार्यसमितिमा मनोनित हुनेहरुमा जापानबाट गोरखा समाज जापानका सचिव, गोरखा समाज जापानमा रहेर सबैलाई सहयोग गर्ने, सामाजिक व्यक्तित्व, समाजसेबी गोरखाको गण्डकी गाउँपालिका हाल जापान निवासी विराट बाबु खनाल नियुक्त हुनु भएको छ । साथै, कार्य समितीले आज नै सचिव पदमा मनोनित हुनु भएका विराट बाबु खनाललाई “आचरण तथा अनुशासन” विभागको संयोजक पदको ज़िम्मेवारी दिएको छ ।
त्यसैगरी, कोमल मनकी धनी, दिन दुखिहरुको सेवामा आफुलाई समर्पित गराई रहनुरहेकी, समाजसेबी गोरखाको सिरानचोक गाउँपालिका हाल गोरखा समाज युके बाट एनआरएनए यु के का सह-कोषाध्यक्ष, सकुन्तला गुरुङ सचिव पदमा मनोनित हुनु भएको छ । साथै, उहाँलाई महिला विभागको जिम्मेवारी समेत प्रदान गरेको छ ।





































