कनेक्टिकट, अमेरिका, के पी भट्ट, सोमबार, १७ कात्तिक २०७७ । जि पि के फाउण्डेशन अमेरिकाद्वारा १ सय १५ जना समाजसेबी सम्मानित भएका छन् ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्यु-यार्कका नेपाली दिदि बहिनी, दाजु भाइ एंव विभिन्न समुदायका मानिसहरुलाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दै आएको छ ।
“सेवा नै धर्म हो” भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढी रहेको छ । आजका दिनसम्म यस फाउण्डेशनले लगभग पचास हजार बक्स भन्दा बढी खाधान्न र पचपन्न हजार ग्यालन भन्दा बढी शुद्व दुध विभिन्न संघ-संस्थाहरु एंव विभिन्न समुदायका लगभग दस हजार भन्दा बढी मानिसहरु माझ वितरण गरिसकेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भयो ।
यसै क्रममा सन २०२०, मार्च महिनाको अन्तिम सातावाट जुलाई महिनाको अन्तिमसम्म कोभिड –१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५ जनालाई गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले अक्टोवर ३१, २०२० का दिन विभिन्न अवार्डबाट सम्मान गरेको छ ।
फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उप-प्रधानमन्त्री मा. सुजाता कोइरालाले कोभिड-१९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मानित गरिएको छ ।
कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, सह-कोषाध्यक्ष पुनम राना मल्ल, केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रिय सदस्यहरु क्रमशः रामचन्द्र अधिकारी, प्रेम पौडेल, सुर्य सिमखडा, केन्द्रिय सदस्य तथा महिला संयोजक दावा शेर्पा, समाजसेबी रेखा श्रेष्ठ, कोभिड-१९ का जीवन रक्षक लिला राई लगायतका १ सय १५ जनालाई एक कार्यक्रमका बिच कोभिड १९ हिरोज अवार्डबाट सम्मान गरिएको हो ।
गत मार्च १५ (महिला दिवस) का अवसरमा दिइने भनिएको अवार्डहरु पनि शनिबार दिइएको थियो । सोही अवार्ड लकडाउनका कारण वितरण गरिएको थिएन । सम्मान-पत्रहरु न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि. ल्यु र लेरोय कामरी, कांग्रेस वुमेन ग्रेस मेङ, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बर माईकल डेनडेक्कर, न्युयोर्क सिटिकी काउन्सील मेम्बर ऐड्रियन अडाम्स, न्युयार्क राज्यका ऐसेम्बली मेम्बर डेभिड वेपरिनहरुबाट जम्मा गरी पचपन्न वटा सम्मान-पत्र थिए भने फाउण्डेशनको तर्फवाट भोलियन्टियर्सहरुलाई साठी वटा सम्मान-पत्रले सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुलाई मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका गोन्जालेज रोजासले वितरण गरिन् । सम्मानित हुने पत्रकारहरुमा क्रमशः बि.के.नेवा, अजय बावु सिवाकोटी, मिना शर्मा, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा (तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, के.पि. भट्ट, बिपिन निरौला, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल, युवा राज गौतम, अंकुर लुईटेल लगायत रहेका थिए ।
त्यसैगरी, महिला समाजसेविहरु क्रमशः यसै फाउण्डेशन कि केन्द्रीय सदस्य एवं अग्रज नेत्री शारदा क्षेत्री, रमा सिवाकोटि, सुल्तना खनाम, कविता महवुवा, डा. पल्लभि पटेल, न्यान्सी क्लाइन, पुनम राना मल्ल र मुना भण्डारीको साथै फिपनाका सभामुख राजकुमार बिष्ट, फिपनाका अध्यक्ष लोक चेमजोङ, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाकी अध्यक्ष मुना राई र यसै संस्था न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदि, एन.आर.एन अभियन्ता बिष्णु राना मगर, ने.का नेत्री कमला पन्त-न्युयोर्क, एन आर एन न्युयोर्कका अध्यक्ष राम हरि अधिकारी, शेर्पा किदुगका संस्थापक अध्यक्ष सोनम जि. शेर्पा, ग्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, फिपनाकी कोशाध्यक्ष चोन्जोम लामा लगायतलाई सम्मान गरिएको थियो ।
संघ-सस्थाहरुमा शेर्पा किदुग, फिपना, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, ग्याल्सुम्दो सेवा संस्था अमेरिका लाई फाउण्डेशनले सम्मान गरेको थियो । सम्मान कार्यक्रम अमेरिका र नेपालको राष्ट्रिय गीतवाट सुरु भएको थियो ।
नेपालका ख्यातिप्राप्त कलाकार द्वय शंकर बि.सि. र गिता राई को दमदार नेपाली नृत्यको प्रस्तुति रहेको थियो । न्युयोर्क बासी नेपालीहरुको मनमा बस्न सफल चर्चित कलाकार वसन्ती राईको नृत्यले त झन नेपालनै सम्झायो ।
सोही कार्यक्रममा रोजासले जोखिमपूर्ण अवस्थामा पनि आफ्नो समुदायको लागि खट्नु आफैँमा उत्साहजनक कार्य भएको बताइन् । उनले कोरोनाको जोखिमका बेला पनि नेपाल र अमेरिकामा रहेका नेपालीको चासो राख्दै सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद दिईन । उनले आगामी दिनमा पनि फाउण्डेसनसँग सहकार्य जारी रहिरहने प्रतिवद्धता जनाइन ।
कोरोना भाइरस (कोभिड-१९) हिरोज सम्मान कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनका बरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री, रुपान्तरण अनलाईनका प्रधान सम्पादक अंकुर लुइटेल लगायतले आ- आफ्नो धारणासहित अफ्ठेरो परिस्थितीका समयमा पनि साथ-सहयोग गर्नु नै मानवीय धर्म भएको बताए ।
उक्त सम्मान कार्यक्रममा उपस्थित सबै जनालाई फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।





































