Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:४९ बिहान
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारीद्वारा कतारको राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन

प्रकाशित मिति: २०७५ कात्तिक १५, बिहीबार

1143
Shares

कतार, १५ , कार्तिक २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्माण गरिएको भव्य पुस्तकालयमा अरबी, अङ्ग्रेजी लगायत विभिन्न भाषाका १० लाख भन्दा बढी पुस्तकहरू रहेका छन् । विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थल सहितको आकर्षक सुविधा यस पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिनु भएको छ ।

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताउनु भएको छ। उहाँले ४ लाख भन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण समेत गराउनु भएको छ। उहाँले यस किसिमको बालपुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाउने बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै संक्षिप्त धारणा समेत लेख्नु भएको छ। उहाँले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गर्नु भएको छ।

पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको प्रतिक्रिया दिनुभएको छ । पुस्तकालय सभ्यता र अध्ययनशीलताको सूचक समेत रहेकाले यसको विकास र विस्तारमा सरकार जागरुक रहेको बताउनु भएको छ।

यसै बीच पुस्तकालयको अवलोकन पश्चात् राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नु भएको छ। आधुनिक शैलीमा निर्माण गरिएको सङ्ग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका वस्तुहरू व्यवस्थित र फराकिलो गरी राखिएकोमा राष्ट्रपति भण्डारीले यस किसिमको व्यवस्थापन सबैका निम्ति अनुकरणीय हुने बताउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -