जापान, १५ असोज २०७७ । अभिसामा जापान आउन चाहने विद्यार्थी, कामदार, डिपेन्डेन्ट, व्यवसायीहरुका लागि बाटो खुलेको छ ।उनिहरु सम्बन्धित देशमा रहेका जापानी दूतावासले तोकिदिएका क्राईटएरिया पुरा गरेको खण्डमा जापान आउन सक्नेछन् ।
आगमी वर्ष गरिने तय भएको ओलम्पिक तथा समग्र अर्थव्यवस्था सुचारु राख्नका लागि अन्तर्राष्ट्रीय यात्रा खुल्ला गर्नु आवाश्यक रहेको निष्कर्ष सहित सरकारले गत शुक्रबार यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जापानले विश्वका १५९ वटा मुलुकलाई यात्राप्रतिबन्ध गरेको थियो । आजबाट ति सबै मुलुकका प्रतिबन्ध फुकुवा भएको छ । यद्यपी पर्यटकहरुका लागि भने अझै खुल्ला गरिएको छैन ।
नयाँ प्रवेश गर्नेहरुका लागि भने सरकारले अबलम्बन गरेका नीतिहरु (कोरोना नियन्त्रणका बिषयमा) पालना गर्ने/गराउने जिम्मेवारी लिने कम्पनि या सस्था आबश्यक पर्नेछ । बिद्यार्थीहरुका हकमा बिद्यालय, वर्किंगहरुको हकमा कम्पनीले जिम्मा लिए पुग्नेछ भने नयाँ आउने डिपेन्डेण्टहरुका बारेमा आफन्तले जिम्मा लिनु पर्ने छ।
रि इन्ट्री प्रमिट लिएर अगष्ट महिनाको ३१ सम्म जापान छोडेकाहरु अनिवार्य रुपमा सम्बन्धित देशमा रहेको जापानी दुतावास बाट रि इन्ट्री प्रमिटलाइ भेरिफाइ गराउनु पर्ने छ भने सेप्टेम्बर १ देखि यता जापान छोडेकाहरुलाई भने दुतावास जानुपर्ने वाध्यता रहनेछैन ।





































