Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:४३ बिहान
- ADVERTISEMENT -

एनआरएन मकाउद्धारा गण्डकी प्रदेश सरकारलाई १६ हजार थान सर्जिकल मास्क प्रदान

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

711
Shares

काठमाडौँ, बिहिबार, २६ भाद्र २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउद्धारा आज गण्डकी प्रदेश सरकारलाई १६ हजार थान सर्जिकल मास्क प्रदान गरिएको छ ।

कोरोनाको महामारीका बेला आफूहरुले परदेशबाट स्वदेशको लागि थोरै भएपनि सहयोग गर्ने हेतुले सो मास्क पठाएको एनआरएन मकाउका अध्यक्ष पूर्ण गुरुङले जानकारी दिनुभयो ।

आज गण्डकी प्रदेश सरकारको कार्यालयमा आयोजित कार्यक्रममा एनआरएन युकेका पुर्व अध्यक्षद्धय मेजर डमर घले र मुक्षेत्र गुरुङले एनआरएनले देशमा विपत पर्दा हरक्षण सहयोग गर्दै आएको र यो मास्क पनि यसैको एउटा उपज भएको बताउनुभयो ।

साथै, एनआरएन एसिय प्यासिफिक क्षेत्रका महिला संयोजक अम्बिका थापा (कञ्चन) ले देशलाई समस्य पर्दा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै एनआरएनले स्थापनाकालदेखि नै नेपाल र नेपालीको लागि हरक्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

मास्क गह्रण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राप्त भएको मास्कहरु प्रदेशको सबै जिल्लामा आवश्यकताको आधारमा वितरण गर्ने र यसको सहि सदुपयोग गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशमा अहिले कोरोनाको महामारी त्यति उच्च विन्दुमा नपुगेता पनि अब दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकै आएकोले यो बेला धेरै मान्छेको आवात जावात हुने हुँदा सबैले उच्च सर्तकता अपनाउनुपर्ने बताउनुभयो । साथै उहाँले सहयोगी दाता एनआरएन मकाउलाई धन्यवाद समेत दिनुभयो । सो मास्कहरु एनआरएन मकाउको अनुरोधमा मिनदा कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर लिङ चु तुङले उपलब्ध गराउनुभएको थियो ।

मास्क नेपाल पठाउनलाई मकाउ नेप्लिज बोडबिल्डिङ फिटनेश एशोसियशनका श्रीजन बाबा भाइ लाईवाई सान, ब्रदरहुड एशोसियशनका अध्यक्ष बोम लिम्बु, लालीगुराँस एशोसियशन हङकङका संयोजक चेतन गुरुङ तथा एनआरएन आईसिसिका सल्लाहकार त्रिलोक गुरुङले विशेष सहयोग गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -