जापान, आइतबार, २१ भाद्र २०७७ । बाग्लुङ गलकोटका दुर्गा बि क लाई जनसम्पर्क समिति जापानको तर्फबाट उपचार सहयोग हस्तान्तरण गरेको छ । गलकाेट नगरपालिका वडा नम्वर ९ बागेसल्ला निवासी दुर्गा बहादुर बि.क लाई नेपाली जन सम्पर्क समिति जापानको सहयोगमा आज सहयोग हस्तान्रण गरिएको हो ।
लामो समयदेखि सेकेन्डरी ओस्टियोआर्थराइटिस -Secondary Osteoarthritis of Left joint”) बाट बिरामी परेका बि.क लाई सहयोग हस्तान्रण गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्माले गैरेले प्रवासमा रहेका नेपालीहरुले आपत विपतमा परेका ब्यक्तिहरुलाई गरेको सहयोग सराहनीय भएको बताउनुभयो । साथै, उहाँले बैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेर आफ्नो जन्मभुमि प्रति देखाएको सहायतालाई पिडित परिवारले सम्बनि्धत क्षेत्रमा नै खर्च गर्न समेत आग्रह गर्नुभयो ।

दुर्गा बि.क को विगत लामो समय देखि शारिरिक समस्या भएको र उपचारमा समेत समस्या परेको भन्दै नेपाली जन सम्पर्क समिति कानसाई क्षेत्रीय सभापति ऋषिराम सापकोटा र कान्तो क्षेत्र निवर्तमान सभापति यदुराम सापकोटा संयोजकत्वमा नेपाली जनसम्पर्क समितिले जापानमा दुर्गा बहादुर बचाउ सहयोग अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियानबाट संकलित नगद रु २ लाख १४ हजार ८ सय ८३ रुपैया बि.क लाई हस्तान्तरण गरिएको डाइनामिक युथ नेपाल केन्द्रिय अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
दुर्गा बि.क बचाउ अभियानमा वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुले सहयोग गरेको नेपाली जन सम्पर्क समिती कानसाई क्षेत्रिय सभापति ऋषिराम सापकोटा जानकारी दिनुभयो ।
बि.क को उपचारार्थ नेपाली जन सम्पर्क समिति जापानले १ लाख ११ हजार, जन कल्याणकारी संस्थाले ३२ हजार नेपाली समाज अस्टेलिया उपाध्यक्ष सुमन खरालले ३० हजार ग.न.पा ९ निवासी हाल जापान मा कार्यरत मुक्तिराम सापकोटले ११ हजार सोम निरौला हाल अमेरिकाबाट १० हजार ५ सय ६५ गलकोट नगरपालिकाको तर्फबाट १० हजार र अन्य विभिन्न संघ संस्था तथा ब्यक्तिहरुबाट ११ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा सदस्य अम्बिका सापकोटा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेस जिल्ला सदस्य मुकुन्दसिह भण्डारी परिवारका सदस्यको रहोवरमा उक्त संकलित रकम हस्तान्तरण गरिएको थियो ।





































