बागलुङ्ग, शुक्रबार, १९ भाद्र २०७७ । गल्कोट नगरपालिका, वार्ड नं ५ घर भई हाल जापानमा रहेका समाजसेवी एबं सफल व्यवसायी ( घुम्टे नौमती बाजा समूह, जापान ) का संयोजक चन्द्र खत्रीले सहयोग स्वरूप पचास हजार राहत कोषको खातामा जम्मा गरेका छन् ।
ढोरपाटन नगरपालिकाको वार्ड नं ९ बोवाङ को देउरालीमा बुधवार राति भारी वर्षको कारण भिषण पहिरो गई भुजिखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका अन्तर्गतका वार्ड नं ५,६,७,८,९ का ३० भन्दा बढी घर बगाएको छ । अहिले सम्म १४ जनाको शब फेला परेको छ भने अझै २५ जना वेपत्ता रहेका छन ।
घाइते ३ जनाको वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । बाढिले दुई वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, सरस्वती आधारभूत विद्यालय, जनचेतना प्राथमिक विद्यालयका भवन र एक झोलुङ्गे पूल लगायतका संरचना समेत बाढीले बगाएको छ । वेपत्ता भएकाहरुको नेपाली सेना, प्रहरी र स्थानीयवासी लगायतको टोलीले संयुक्त रूपमा खोजी गरिरहेको स्थानिय दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस विपद्को घडीमा बाढीपीडित हरुको राहत को लागि इनसाइड बागलुङ युएसवी सेवा र गलकोट यूयस. वी सेवा प्रा.लीले संयुक्त रूपमा स्थापना गरेको राहत कोषमा अहिले सम्म १ लाख ९६ हजार ९ सय ४४ रुपैया जम्मा भएको आकाश युएसवी थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार गलकोट नगरपालिका, वार्ड नं ५ निवासी हाल जापानमा कार्यरत व्यवसायी तथा घुम्टे नौमती बाजा समूह, जापानका संयोजक चन्द्र खत्रीले नगद रु ५० हजार सहयोग गर्नुभएको छ ।
साथै, राहात सहयोग कोषमा यूएसवी सेवाबाट २० हजार, साविक बुर्तिवाङ गाविसका पुर्व अध्यक्ष सन्तलाल श्रेष्ठद्वारा ५ हजार र इनसाइड बागलुङका संस्थापक राज कुमार श्रेष्ठद्वारा ५ हजार लगायत स्थानिय स्वत स्फुर्त रुपमा प्रभावितको राहातका लागि सहयोग गरेको इनसाइड बागलुङले जनाएको छ । केहि दिन सहयोग संकलन गरि प्रभावितलाई राहात हस्तान्तरण गरिने इनसाइड बागलुङका संस्थापक राज कुमार श्रेष्ठ जानकारी दिनुभयो ।
यु. यस. वी सेवा गल्कोटले ढोरपाटन नगरपालिका साविक बोवाङ गाविस भुजीखोलामा बुधवार राति आएको बाढीबाट प्रभावित बनेकाहरुका लागि राहत संकलन अभियान सुरु गरेको छ । Inside Baglung, युयसवी सेवा र गल्कोट यू. यस. वी सेवा ले संयुक्त रूपमा राहत अभियान थालेको हो । उक्त राहत अभियानमा अहिलेसम्म स्वतस्फर्त रु १लाख ८१ हजार भन्दा धेरै राहत संकलन भइसकेको यू. यस. वी सेवा का प्रेसिडेन्ट आकाश यु.यस.वी थापाले जानकारी दिनुभयो ।
७५ घर बगाएको छ भने ७० भन्दा बढी घरमा क्षति पुगेको ढोरपाटन नगरपालिकाले जनाएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्वार गरिएको छ । जसमध्ये गम्भीर अवस्था रहेका ढोरपाटन नगरपालिका ९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक जीप पनि बगाएको छ ।





































