Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:५७ बिहान
- ADVERTISEMENT -

एनआरएनए आइसीसीको ७४ औं बैठक : सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे निर्णय

प्रकाशित मिति: २०७७ भदौ ७, आइतबार

656
Shares

काठमाडौँ, आइतबार, ७ भाद्र २०७७ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ७४ औं बैठक संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको ब्यबस्थाको लागि सैद्दान्तिक रुपमा सहमत भएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार, बैठकमा संघको साधारण सभा, सदस्यता र प्रतिनिधि छनोटका बिषयमा धेरै छलफल भएका छन् । यस बाहेक केहि नियमित एजेण्डामा पनि छलफल र निर्णय भएका छन् । तर बिशेष रुपमा भने सदस्यता, महाधिवेशन प्रतिनिधि र निर्वाचन प्रणालीमा नै केन्द्रित रहन गएको बताइएको छ ।

अगष्ट २२ मा बसेको एनआरएनए आइसीसीको ७४ औं बैठकले संघको सदस्यता र महाधिवेशनका प्रतिनिधि, निर्वाचन प्रणाली सम्बन्धि निर्णय गरेको छ ।

अब, संघको सदस्यता स्मार्ट एनआरएनए सिष्टममा गएर निःशुल्क लिन सक्ने बनाइने छ । त्यसैगरी महाशिवेशन प्रतिनिधि पनि निशुल्क गर्ने र अनलाइन भोटिङको ब्यबस्थालाइ उत्कृष्ट रुपमा नीति तय गर्नको लागि समेत निर्णय गरिएको छ ।

यसका लागि बैठकले संघका महासचिव डा हेम राज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा बिधान समितिका संयोजक भुषण घिमिरे रहेका छन् । आवश्यक्ता अनुसार कार्यदलले सदस्यहरु थप गर्न सक्ने बताइएको छ ।

तर, कार्यदलले नीतिको ब्यबहारिकतालाइ समेत ध्यान दिएर प्रतिवेदन तयार पारी दुइ हप्ताभित्रमा संघको पदाधिकारी बैठकमा पेश गर्नुपर्ने छ । संघले सो नीति गैरआवासीय नेपाली संघको बिशेष साधारणसभामा पेश गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -