अमेरिका, बुधबार, २८ साउन २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले पुन नि:शुल्क खाधन्न वितरण कार्यक्रम सुरु गरेको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको नि:शुल्क खाधान्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ ।
यस फाउण्डेशनको क्रियाकलाप अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ उहाँहरुको अनुरोधमा फाउण्डेशनले पुन नि:शुल्क खाधन्न वितरण कार्यक्रम सुरु गरेको छ ।
“सेवा नै धर्म हो” भन्ने नाराका साथ फाउण्डेशनले विभिन्न समुदायका ६ हजार जना भन्दा बढीमा सेवा पुराइ सकेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे दिनु भयो ।
सोही क्रममा मंगलवार, अगस्ट ११, २०२० बेलुका ५ बजे ७२-२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स नि:शुल्क खाधन्न (ग्रोसरी, ड्राय फुड) र २५०० पिस सर्जिकल मास्क वितरण गर्दै छ। उक्त ग्रोसरी र १००० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, ५०० पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र ५०० पिस मास्क सेनेटर जोन लु वाट यस फाउण्डेशनलाई सहयोग गर्नु भएको थियो । सामग्रीहरु आजै विभिन्न समुदायका १०० जनालाई लाइनमा प्राथमिकताका आधारमा वितरण गरिएको छ ।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री र मास्क वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य द्वय सूर्य सीमखडा र विनोद थापा खटिनु भएको थियो । स्वयंसेवीहरु मा ने.का. युवा नेताहरु क्रमशः ज्ञानल थापा, प्रेम क्षेत्री, पंकज सुब्बा, अनिल पाण्डे, दिपक पन्त, धुर्व कुँवर, सुवोध खाती रहनु भएको थियो ।
फाउण्डेशनकी महिला सदस्यहरु क्रमशः रेखा श्रेष्ठ र भावना सिमखडा, ने.का. नेत्री कमला पन्त र घ्याल्सुम्दो सेवा सस्थां अमेरिकाकी अध्यक्ष निमा ल्हमो लगायत खटिनु भएको थियो र अध्यक्ष निमा ल्हमो लाई फाउण्डेशनले २५० वटा सर्जिकल मास्क हस्तान्तरण गर्नु भएको थियो ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि लियु र माईकल ज्यानारेसिस एवम् न्युयोर्क राज्यका ऐसेमब्लीमेन माईकल डेनडेक्करलाई धन्यवाद एवम् हार्दिक आभार व्यक्त गरेको छ ।





































