गोरखा, १७ असार २०७७ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाको पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

गोरखा -अमेरिका सम्पर्क समिति, अमेरिकाका अध्यक्ष विश्व भट्टले नेपाली कांग्रेस गोरखा-अमेरिका सम्पर्क समितिले नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाको पार्टी कार्यालय भवन निर्माणमा लागेको खर्च मध्ये भुक्तानी गर्न बाँकी रहेको रकम तिर्ने गरी $३,००० अमेरिकी डलर सहयोग उपलब्ध गराउनु भएको नेपाली काँग्रेस, जिल्ला कार्यसमिति गोरखा सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।





































