Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:२३:३२ बिहान
- ADVERTISEMENT -

साउदीमा नवीकरण नगरेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

प्रकाशित मिति: २०७७ असार ८, सोमबार

750
Shares

साउदी अरब, सोमबार, ८ असार २०७७ । साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरेका नेपालीहरुलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अकामा नबनाएको वा नवीकरण नगरेको कारण स्वदेश फर्कन चाहने नेपाली श्रमिकलाई स्वदेश फर्काउने तयारी भएकाले यस्तो समस्या भएकाहरुलाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको हो ।

दूतावासका अनुसार स्वदेश फर्काउन आवश्यक एक्जिट भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले यस्तो भिसा प्रदान गर्ने प्रक्रियाको थालनी गरेको छ ।

यस्तो भिसाका लागि दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर कोरोना सङ्क्रमणका कारण केही महिना अवरूद्ध यो पक्रिया अहिले पुनः सुरु भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रक्रिया थालनी भएपछि साउदी सरकारले ७४ जना नेपालीहरुलाई एक्जिट भिसा जारी गरिसकेको छ । यसरी भिसा लागेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्नेछ ।

स्वदेश फर्कने उडान र मिति लगायतका बारेमा चाँडै जानकारी गराइने पनि दूतावासले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -