Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:४९:४४ दिउँसो
- ADVERTISEMENT -

उद्दार गरिएका नेपाली आज अष्ट्रेलियाबाट आउँदै र भोलि यूएईबाट आउँने

प्रकाशित मिति: २०७७ जेठ २७, मंगलबार

785
Shares

काठमाडौं, मंगलबार, २७ जेठ २०७७ । विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् ।

नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।

होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको संख्या न्यून भएकाले एउटै सेन्टरमा राखेर प्रदेशमा क्वारेन्टिनमा पठाउने गरी व्यवस्थापन गरिने सैनिक स्रोतको भनाइ छ ।

बुधबार यूएईबाट दुई वटा उडान हुने सैनिक स्रोतको भनाइ छ । यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए । त्यसबेला यूएईस्थित नेपाली दूतावासले तोकेको सूचीका व्यक्तिभन्दा फरक व्यक्ति काठमाडौं आएपछि विवाद पनि भएको थियो ।

उडान भाडालाई लिएर विवाद भएका वेला दुई वटा निजी कम्पनीले नेपालीलाई काठमाडौं पठाइदिएको थियो ।

बुधबार आउने विमानमा दूतावासको सूची अनुसारका ३ सयदेखि ४ सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।

नेपालमा आएर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -