Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:३७:५९ बिहान
- ADVERTISEMENT -

अमेरिकाको न्यु-जर्सीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन खाद्यन्न वितरण कार्यक्र सम्पन्न

प्रकाशित मिति: २०७७ जेठ १०, शनिबार

833
Shares

न्यु-जर्सी, अमेरिका, १० जेठ २०७७। अमेरिकाको न्यु-जर्सीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन खाद्यन्न वितरण कार्यक्र सम्पन्न गरिएको छ ।

कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउनसके धेरै रोगबाट जोगिन सकिने ,सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरूको भनाइलाई सम्मान गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क खाधान्न वितरण कार्यक्रम मई २१, २०२० बिहिवार बेलुका न्यु-जर्सी राज्यमा सम्पन्न गरिएको छ।

न्युजर्सीको जर्सी सिटी निवासी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाकी सह-कोषाध्यक्ष पुनम राना मल्लको अगुवाइमा खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको संयोजनमा न्यु-योर्क लाईफ ईन्सुरेन्स का जीवन बीमा उत्पादक (एजेन्ट) भेष राज खत्रीको समन्वय र दीपक खुनाले उपलब्ध गर्नु भएको थियो ।

देब शंकर जी र एन आर एन न्यूजर्सी च्यापटरका सचिव कृष्ण सुवेदी र सदस्य सुर्य तिवारीको सहयोगमा आज न्यूजर्सीको कार्डवेल युनिभर्सिटीको १०० जना भन्दा बढी बिद्यार्थीहरुलाई समन्वय गर्नु हुने न्यूजर्सीको सामाजिक अभियन्ता बिष्णु माया परियार, नेजससअका महासचिव महेश मल्ल र यसै फाउण्डेशन कि सह-कोषाध्यक्ष पुनम राना मल्लको सहकार्यमा ११५ बाकस ताजा तरकारी सलादहरु वितरण गर्नु भएको थियो।

- ADVERTISEMENT -