अमेरिका, ७ जेठ २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरन्तर रुपमा प्रदान गर्दै आइरहेको खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम तेस्रो पटक आज भव्यताका साथ सम्पन्न भएको छ ।
न्यु-योर्क शहरको ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्ससँग सहकार्य गरी नि:शुल्क वितरण फाउण्डेशनको कार्यालय अगाडिवाट गरिएको थियो । कार्यालय न्यु-योर्कको ज्याक्सन हाईट्समा अवस्थित छ ।
प्रेसिडेन्ट एरिक अडाम्सले यसै फाउण्डेशनलाई २०० ब्याग स्वस्थ खानेकुरा (Dry Foods) सहयोग स्वरुप प्रदान गर्नु भएको थियो ।
आज बिहान अकस्मात् प्रेसिडेन्ट एरिक अडाम्सले ट्रक नै पठाई फाउण्डेशनको कार्यलय अगाडी डेलिभरि गराइ सहयोग गर्नु भयो र खाद्य सामग्रीहरु वितरण सामाजिक दुरी कायम गर्दै, लाईन अनुसार क्रमश: ६ फिटको दुरीमा लाईन लागेर प्रथम प्रथमिकताका आधारमा नेपाली लगाएत विभिन्न समुदायका मानिसहरु गरी २०० जनालाई उपलब्ध गराएको जानकारी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो।
फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खटिनु भएका स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्यद्वय प्रेम पौडेल र सुर्य सीमखडा रहनु भएको थियो ।





































