Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:२९:१९ बिहान
- ADVERTISEMENT -

साउदीमा ६७४ जना नेपाली कोरोना संक्रमित

प्रकाशित मिति: २०७७ वैशाख ३१, बुधबार

661
Shares

काठमाडौं, ३१ बैशाख २०७७ । साउदीमा ६ सय ७४ जना नेपाली कोरोना संक्रमित भएका छन् । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार ६ सय ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएको जानकारी दिएको साउदी स्थित नेपाली राजदुतावासले जनाएको हो ।

प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान मा १ सय ४८ जना नेपाली कोरोना संक्रमित भएका छन् ।

रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना र हायल क्षेत्रमा ३ जना संक्रमित भएको दूतावासले जानकारी दिएको छ । साथै अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित बताइएको छ । कुल संक्रमितमा ११ जना नेपाली महिला रहेको छन् ।

संक्रमित भएका मध्ये कैंयौँ जना निको भई काममा फर्किसकेको दूतावासले बताएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका ३१ नेपाली नागरिकहरु मध्ये एक जना नागरिकको कोरोना संक्रमणबाट मृत्युभएको छ ।

तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आज (मंगलबार) साउदी अधिकारीले दिएको जानकारी अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । आज थप १ हजार ९सय ११ जनामा संक्रमण भएको छ ।

कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । आज एकै दिन २५सय २० जना निको भएका छन् ।
आज ९ जना सहित आजसम्ममा जम्मा २ सय ६४ जना संक्रमितको मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -