काठमाडौं, २२ बैशाख २०७७ । कुवेतमा ८४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कुवेतस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गरी ३ मे सम्म ८४ नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको हो । नेपालीसहित कुवेतमा ४ हजार ९ सय ८३ जनालाई कोरोना संक्रमण भएको दूताबासले जनाएको छ ।
कोरोना फैलिन नदिन र कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले नेपाली समुदायलाई आग्रह गरेको छ । दूताबासले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएतापनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको हुँदा यो रोगबाट भयभित नभई, दृढ साहस र उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन एवं निराधार हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
नेपाली राजदूतावास, कुवेतको नेपाली समुदायमा हार्दिक अनुरोध ।
१) नोभेल कोरोना भाइरस (COVID-19) को संक्रमण शुरू भएदेखिनै यस दूतावासले यसबाट आफू बच्न र अरूलार्इ बचाउन कुवेत सरकारका तर्फबाट जारी निर्देशन तथा सूचना लगायत विश्व स्वास्थ्य संगठनको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी मापदण्डलार्इ पालन गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दै आएको छ । यस सम्बन्धमा दूतावासले नेपाल सरकारबाट विभिन्न मितिमा गरेका निर्णयहरू बारे समेत यहाँ रहेका नेपालीहरूलार्इ अवगत गराउँदै आएको व्यहोरा सबैमा विदितै छ ।
यहाँको पछिल्लो अवस्थालार्इ हेर्दा यो रोगबाट संक्रमित हुनेहरूको संख्यामा निकै बृद्धि भएको र आज मिति २०७७।०१।२१ (तदनुसार मे ३ २०२०) सम्म ८४ जना नेपाली सहित जम्मा ४९८३ यो रोगबाट संक्रमित भएको तथ्य सार्वजनिक भइसकेको सन्दर्भमा यो रोगको संक्रमण फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता र पूर्व सावधानीका उपायहरूलार्इ गंभिरता पूर्वक अनुशरण गर्न दूतावास सबैमा पुनः अनुरोध गर्दछ । रोग लागेको आशंका हुनासाथ आफैले वा आफ्नो रोजगारदाता व्यवस्थापनसँग अबिलम्व सम्पर्क राखी चेकजाँच गरेर उपचारका लागि चिकित्सकको सल्लाह र सुझाव बमोजिम गर्नु/गराउन सबैमा अनुरोध छ ।
२) कोरोना भाइरस रोगको संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भर्इ कठिनाइ उत्पन्न भएको अवस्थामा कंपनी/रोजगारदाता व्यवस्थापन पक्षसँग बेलैमा सम्पर्क राखी यसबारे अवगत गराउनुहुन, आफू बस्दै आएको बासस्थान/आवास छोडी अन्यत्र जाने कार्य नगर्नु हुन र आफू जो जहाँ हुनुहुन्छ त्यही सजगता अपनार्इ सुरक्षित रूपले रहनुहुन दूतावास सबैमा अनुरोध गर्दछ ।
३) सो गर्दा समेत समस्या यथावत रहेमा दूतावासको तपशिल बमोजिमको टेलिफोन नम्बर, हटलाइन तथा इमेलका माध्यमद्वारा यस दूतावासमा सम्पर्क राखी समस्या बारे जानकारी गराउनुहुन दूतावास सबैमा हार्दिक अनुरोध गर्दछ । यहाँ रहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तथा अन्य संघसंस्थाले पनि दुखः कष्टमा परेका नेपालीहरूलार्इ सकेसम्म सहयोग पुर्याउँदै आएको सन्दर्भमा ती कार्यहरूको सराहना गर्दै यसको प्रभावकारिता र पहुँच विस्तारको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यमा दूतावास निरन्तर क्रियाशील रहनेछ ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएतापनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको हुँदा यो रोगबाट भयभित नभर्इ, दृढ साहस र उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन एवं निराधार हल्लाको पछि नलाग्न समेत राजदूतावास सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पुनः अनुरोध गर्दछ ।
नेपाली राजदूतावास, कुवेत नेपालीहरूको सुख-दुखको सहयात्री हो र सदैव तपाइहरूको साथमा रही आएको छ, रहिरहने छ ।
तपशिलः
• टेलिफोन नम्बरहरूः २५३२१६०३, २५३२१६०४, २५३२१६०५
• हटलाइन नम्बरः ९८८६९१२१
• इमेलः [email protected]





































