Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:३१ दिउँसो
- ADVERTISEMENT -

बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित

प्रकाशित मिति: २०७७ वैशाख १७, बुधबार

567
Shares

काठमाडौं, १७ बैशाख २०७७ । बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित भएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिए संगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो ।

बहराइन स्थित नेपाली राजदूतावासले पे्रस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात हिजो सम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको छ ।

संक्रमित व्यक्तिहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ ।
संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ ।

बहराइन सरकारले श्रमिकहरुको स्वास्थ्य र सुरक्षा लागि नयाँ आवासमा स्थानान्तरण सुरु गरेको दूतावासले बताएको छ ।
हिजो बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग कुराकानी गर्नुभएको दूतावासले जानकारी दिएको छ ।

कुराकानीमा श्रमिकहरुको सुरक्षाप्रति राजदूतावासले जनाउँदै आएको चासोलाई बहराइन सरकारले गम्भिरतापूर्वक लिएको जानकारी गराएकोे दूतावासले बताएको छ ।

कामदारको वासस्थानमा स्वास्थ्यकर्मी उपलब्ध रहने जानकारी दिएको दूतावासको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कामदारको रुचीको श्रम गन्तव्य रहेको बहराइन अधिराज्यमा गत फ्रेबुअरी २१ बाट कोरोना संक्रमण प्रसार देखिएपछि कामदारको स्वास्थ्य तथा सुरक्षामा थप संवेदनशील हुन नेपाली दूतावासले बहराइनको श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई बारम्बार अनुरोध गर्दै आएको छ ।

बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफि दिने निर्णय गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । बहराइनमा कार्यरत कुनै नेपाली कुनै समस्यामा परे दूतावासमा सम्पर्क गर्न दूतावासले अनुरोध समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -