Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:४१ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए अभियन्ता कुल आचार्य आइसोलेसन

प्रकाशित मिति: २०७७ वैशाख ७, आइतबार

800
Shares

लन्डन, ७ बैशाख २०७७ । एनआरएनए अभियन्ता कुल आचार्य यतिबेला आइसोलेसनमा छन् ।

आफुमा कोरोनाका केही लक्षणहरु देखापरेपछि आइसोलेसनमा बसेको उनले आजै आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् ।

आचार्य एनआरएनए बेलायत भूतपूर्व अध्यक्ष र संघको निबर्तमान उपाध्यक्ष हुन्।

निबर्तमान केन्द्रिय उपाध्यक्ष आचार्यले लेखेका छन् , ” म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ, महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।”

आचार्यले आफ्नो फेसबुकमा लेख्नुभएको संदेश जस्ताको तस्तै :

आदरणीय सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,

आज कोरोना महामारीले बिश्व आक्रान्त छ । हरेक व्यक्तिको ज्यान जोखिममा रहेको छ । यो संकटको घडीमा कोरोनासंग लडीरहनु भएका सबैजनालाई शिघ्र लाभको स्वास्थ्य लाभको कामना गर्दछु ।साथै दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु ।

म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ, महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।

म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ, महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।”

हिजो बिबिध कारणले मातृभूमिको अर्थतन्त्र धरासायी भएको बेला आफ्नो पसिना र रगत बगाएर प्रवासबाट रेमिटान्सले धानेका खाडी, मलेसिया लगायत बिश्वभर छरिएर बसेका मजदुरहरुको योगदान अवस्य पनि उल्लेखनीय छ ।

प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेल जस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेको खबर छन् । स्थानीय प्रतिनिधिहरुले सहयोग गरिरहनु भएका खबर पनि आएका छन् । वहाँहरुको पहललाइ हार्दिक धन्यवाद दिन चाहन्छु । ती अधिकांश नागरिकहरु घर फर्किन चाहेका छन् । साइप्रस, मलेसिया लगायत अन्य देशहरूबाट धेरै नेपालीहरू घर फर्किन चाहेका छन् । राज्यका नागरिकको अभिभावक सरकारलाई मजदुरको देश हुन्छ र मातृभूमि र परिवार हुन्छ भन्ने गतिलो सन्देश दिने अवसर रहेको छ ।

आज घर फर्किन चाहने नागरिकलाई जसरी बिश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसंग अनुरोध गर्दछु । म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु ।

गैर आवासीय नेपाली संघका साथीहरु अहोरात्र खटिरहनु भएको छ । वहाँहरुको उच्च सम्मान गर्दै तमाम घर फर्किन चाहने प्रवासीहरुलाई सुरक्षित रुपमा आफ्ना परिवारसम्म पुर्याउन केके गर्न सकिन्छ त्यहाँ ध्यान केन्द्रित गर्न जरुरी देखेको छु ।

हाल नेपाल बाहिर प्रवासमा धेरै नेपालीहरुले ज्यान गुमाएको संकटको घडीमा, जन्म घरबाट टाढा प्रवासमा रहेकाहरूलाई सबै भन्दा धेरै मातृभूमीको माया र स्नेहको खाँचो देखेको छु ।

बेलायतमा धेरै भूपू गोर्खा बुवाआमा, आफन्तहरु गुमाउनु परेको पीडा हामीलाई छ । हामीले भूपू गोर्खाहरुको बिशेष सुरक्षा अपनाउनु पर्ने अवस्था देखिएको छ । अनि बेलायत सरकारलाई तिनको बिशेष हेरचाहको लागि पनि अनुरोध गर्नुपर्ने अवस्था छ ।

अमेरिका, पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका प्रवासीहरूको समस्या अनि कतीपय काग़ज़को समस्याले अप्ठेरोमा परेकाहरूलाई सहयोग ज़रूरी देखिएको छ ।

त्यसै गरेर बेलायत, साइप्रस लगायत विभिन्न देशमा नेपाली बिद्यार्थीहरुले दुख भोगी राख्नु भएका खबरहरु आएका छन् । वहाँहरुलाई खाना, बस्न लगायत सहयोग गर्ने प्रवासी मनहरुलाई हार्दिक नमन गर्दछु । वहाँहरुलाई उचित रेखदेख गर्नुपर्ने अवस्था देखिएको छ ।

यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न हामी सबै एकजुट हौं । यो बेला फुटेर हैन जुटेर अघि बढ्ने बेला हो । कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमीको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु ।

दुखमा परेका प्रवासका नेपालीहरुलाई आवश्यकता हेरी गैर आवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट पनि सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु।
सबैसंगै मिलेर सहमति, सहकार्य र एकताको भाव संगै अघि बढ्न तमाम ग़ैरआवासीय नेपाली साथीहरु तथा नेपाली मनहरूमा हार्दिक अपिल पनि गर्दछु ।

कुल आचार्य
लण्डन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -