Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:२६ बेलुका
- ADVERTISEMENT -

कोरोना संक्रमितको रेखदेखमा सक्रिय न्युयोर्कबाट नेपाली नर्सको आव्हान

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

572
Shares

न्युयोर्क, १४ चैत २०७६ । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा कोभिड १९ को हेरचाहमा कार्यरत नेपाली नर्स ममता ढकालले अमेरिकामा नेपालीहरु लगायत सबैलाई घरभित्रै बस्न आग्रह गरेकी छिन् ।

न्युयोर्कबाट प्रकाशित/प्रसारित खसोखाससँग कुराकानी गर्दै उनले भनिन् – ‘यदि तपाईलाई सामान्य खालको लक्षण देखिएको छ भने पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नुहोस् । कोरोना भाइरस पोजेटिभ नै भएपनि सामान्य लक्षण भएको अवस्थामा घरभित्रै बस्नु उपयुक्त हुन्छ ।’

कोरोना संक्रमणको जस्तो सामान्य लक्षण देखिएका तर संक्रमण नभएका बिरामीहरु कोरोना परीक्षणका लागि अस्पताल आउँदा भींडभाड र लाइनमा झन् संक्रमणको खतरा हुने भएकाले सामान्य लक्षण देखिनासाथ अस्पताल नआउन उनले सुझाव दिएकी छिन् ।

यदि कसैलाई स्वास फेर्न गाह्रो भएको छ, ज्वरो आएको छ, बान्तामा रगत देखिएको छ, हिड्न नसक्ने अवस्था छ भने अर्थात् अवस्था गम्भिर रहेको छ भने स्वास्थ्य सहयोग खोज्न उनले सुझाव दिएकी छिन् ।

यदि कसैसँग एन ९५ मास्क र पीपीई भएमा एल्महस्र्ट अस्पतालमा डोनेशन गर्न समेत उनले आग्रह गरेकी छिन् । विरामीको हेरचाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई यस्ता मास्क र पीपीईको आवश्यकता रहेको उनको भनाई छ । एउटै मास्क १२ घण्टासम्म प्रयोग गर्नुपर्ने बाध्यता रहेको र पीपीईको समेत अभाव रहेको उनले बताइन् ।

ढकाल तीन महिनाको बच्चालाई घरमा छाडेर कोभिड १९ का बिरामीको हेरचाहमा खटिएकी छिन् । अस्पतालबाट घरमा गइसकेपछि पनि परिवारका अन्य सदस्यलाई नछुने र टाढै बस्ने गरेको उनले बताइन् । उनले भनिन् – ‘घरमा गइसकेपछि म छुट्टै कोठामा बस्दै आएकी छु ।’

२ बर्षदेखि एल्महस्र्ट अस्पतालमा कार्यरत उनले कोभिड १९ का बिरामीको हेरचाह सुरु गरेदेखि घरमा पनि क्वारेन्टाइनमा नै बसेको जानकारी दिइन् । उनले घरमा भाँडाहरु पनि अलग्गै प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन् – ‘तीनमहिनाको बच्चा, श्रीमान् र सासुससुरा अलग्गै बस्नु भएको छ । मैले बच्चालाई पनि टाढैबाट हेर्छु । स्तनपान समेत गराएको छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -