Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०२:१० बिहान
- ADVERTISEMENT -

नेपालीहरुलाई स्वदेश फर्कन सरकारले लगाएको अल्पकालीन रोकबारे आपत्ति

प्रकाशित मिति: २०७६ चैत ८, शनिबार

752
Shares

काठमाडौं, ८ चैत २०७६ । । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले लगाएको अल्पकालीन रोकबारे आपत्ति जनाएको छ । कोरोनाको जोखिमलाई देखाउँदै सरकारले लगाएको रोक अव्यवहारिक भएको संघको ठहर छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीबार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा उनले सरकारी निर्णयको आलोचना गरे । अध्यक्ष पन्तले पन्तले महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन लगाएको रोक व्यवहारिक नभएको जनाए ।

अध्यक्ष पन्तले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा वैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाइ भोग्नुपर्ने अवस्था आउन लागेको बताए ।

विश्वव्यापी प्रकोप बनेको कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न एनआरएनएले उच्चस्तरीय समिति गठन गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित उच्चस्तरीय समितिको बैठकमा अध्यक्ष पन्तले कोरोना भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कामहरुको जानकारी दिएका थिए । बैठकमा कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका बारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

उच्चस्तरीय समितिको बैठकले एक हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीतिक कार्यपत्र तयार गरेर नेपाल सरकारसमक्ष पेस गर्ने निर्णय गरेको शर्माले जानकारी दिएका छन् ।

कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा र डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले तयार गरेको कार्यपत्र (सुझाव) नेपाल सरकारसमक्ष पेश गरिने संघले जनाएको छ ।

बैठकलाई सम्वोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले संघका विश्वभर छरिएका शाखाहरुलाई विदेशमा कोरोना भाइरसबाट कति नेपालीहरु प्रभावित भएका छन्, तिनको तथ्यांक संकलन गर्न सुझाव दिए । थापा उच्चस्तरीय समितिका सल्लाहकार हुन् ।

त्यसैगरी बैठकमा उच्चस्तरीय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रभावबारे आफ्नो भनाइ राखेका थिए । मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस टेष्ट (परीक्षण) विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप भएको बताउँदै सबैलाई सो परीक्षणप्रति आस्वस्थ हुन भनेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -