टोरोन्टो, २२ फागुन २०७६ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को क्षेत्रीय भेला र क्षेत्रीय विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा हुने भएको छ । एनआरएनए क्यानडाले पत्रकार सम्मेलन गरी विश्वकै आकर्षित पर्यटकीय गन्तव्य नायग्रा फल्समा कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको हो ।
एनआरएनए अमेरिकाज क्षेत्रीय भेलाको मूलआयोजक समिति संयोजक रहनेछ । सम्मेलनको आयोजक राष्ट्र क्यानडा र सहआयोजक राष्ट्र अमेरिका रहनेछन् ।





































