टोक्यो, १७ फागुन २०७६ । जापानमा पहिलो पटक प्रदर्शन हुन लागेको ऐतिहासिक चलचित्र वीर गणेशमान स्थगित हुने भएको छ । विभिन्न संचार मध्यम लगायत जापान सरकारले पनि कोरना भाइरस (कोभिड–१९) को संक्रमण जापानमा दिन प्रति दिन बढ़दै गई रहेको समाचारलाई प्राथमिकतामा राख्दै ऐतिहासिक चलचित्र स्थगित गर्न लागिएको हो ।
जापान सरकारले महामारीलाई देशभित्रै राक्ने आगामी २-३ हप्ता हाई अलर्टमा रहन आग्रह गरेको छ । यस बिचमा कुनै ठूलो कार्यक्रम आयोजन नगर्न या समय परिवर्तन गर्न गरेको अपिललाई मध्यनजर गर्दै ,यही अप्रिल ५ तारीखमा नेपाली जन सम्पर्क समिति जापानद्धारा प्रदर्शन हुन गैईरहेको ऐतिहासिक चलचित्र वीर गणेशमान केही समयको लागि स्थगित गरिएको आयोजकले जानकारी दिएको छ ।
ऐतिहासिक चलचित्र वीर गणेशमान स्थगित भएको जानकारी गराउंदै यहाहरुको बिचमा पर्न गई रहेको असुबिधा प्रति आयोजकको तर्फबाट आगामी दिनहरुमा पनि यहाहरुको सद्भाव ,सहयोग र मेल -मिलापको अपेक्षा राख्दै नयाँ मिति साथ तपाइँमाझमा पुन उपस्थिति हुने जानकारी समेत गराएको छ ।
भूपि गोबिन्द श्रेष्ठ
संयोजक
प्रचार प्रसार समिति
ऐतिहासिक चलचित्र 「वीर गणेशमान 」





































