बोस्टन, १७ फागुन २०७६ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारण सभा हुने भएको छ ।
मे महिनाको २ र ३ तारिखमा हुन लागेको उक्त अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायका अभियन्ताहरुसँग नेजाले छलफल सम्पन्न गरेको छ ।
अमेरिका र क्यानडालाई कर्मक्षेत्र बनाएका पत्रकारहरूको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागिता हुनेछ ।
यसअघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्जिनिया, टेक्ससलगायतका राज्यमा नेजाका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेकाले यसका लागि पनि सहयोग गर्न आह्वान गरिएको छ |
नेजाको स्थापना वाशिंगटन डिसीमा २००७ अप्रिलमा भएको हो । यसका आजीवन १२, र साधारण करिब १ सय ५० सदस्य छन् ।





































