पेरिस, ११ फागुन २०७६ । भ्रमण वर्ष २०२० का लागि अन्तर्राष्ट्रिय मातृभाषा पेरिसमा जनसम्पर्क समितिको सहभागिता सहित सम्पन्न गरिएको छ । अन्तरास्ट्रिय मातृभाषा दिवसको अवसरमा पेरिसको ओबरभीलीय नगरपालिकाले आयोजना गरेको बृहत कार्यक्रममा नेपाली जनसम्पर्क समिती फ़्रान्सले सहभागिता जनाएको थियो ।

उक्त कार्यक्रममा नेपाली भाषा, संस्कृति र नेपाली पर्यटन बर्ष २०२० लाई प्रबर्दन गर्ने बिभिन्न सामग्रीसहित स्टल राखिएको थियो ।

कार्यक्रममा सहभागी हुन आउने महानुभावहरुले नेपाल, सगरमाथा र बुद्ध सम्बन्धी जानकारी भएको बताउनु भयो , साथै सबैलाई नेपाली राजदूताबासले उपलब्ध गराएको नेपाली पर्यटन बर्ष २०२० सम्बन्धी बिभिन्न सूचना मूलक सामग्री वितरण गरिएको थियो ।

नेपाली जन सम्पर्क समिति फ्रान्सको सन् २०१८ मा स्थापना भएको थियो ।
स्थापना कालदेखि नै राजनीतिको साथ साथै सामाजिक कार्यमा जुटदै अधि बढी रहेको छ । सम्पर्क समिति उक्त कार्यक्रममा समितिका अध्यक्ष सुधिर राना साथै नेपाली समुदायका अभिभावक एवं एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, एन आर एन ए फ्रान्सका पुर्ब अध्यक्ष एवं नगरपालिका उपमेयरका उम्मेदवार निर्मल अर्याल, रञ्जित भट्ट लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

साथै, उक्त नगरपालिका की मेंयर Mme Meriem Derkaoui स्टलसम्म आएर अवलोकन गरी सहभागिताका लागी धन्यबाद दिदै नेपाल र नेपालीको प्रशंसा गर्नु भएको थियो ।





































