अमेरिका, कनेक्टिकट, केपी भट्ट, २९ माघ २०७६ । गैर आवासीय नेपाली संघ अमेरिका कनेक्टिकट च्यापटरको छात्रवृति तथा बिधालयलाई सहयोग हस्तान्तरण गरेको छ ।
उप समितिका संयोजक यज्ञराज जोशी, सदस्यहरु हरि पन्त र श्याम बावु कार्कीको पहलमा एक लाख नेपाली रकम संकलन गरी मानवताबादी बझाङी राजा जय पृथ्वी बहादुर सिहं ले स्थापना गरेको सत्यावादी माध्यमिक बिधालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सोही रकमलाई बिधालयले अक्षयकोषको रुपमा बैकमा राखेर बार्षिक रुपमा आर्जित ब्याजले बिधालयका गरिब तथा जेहेन्दार बिधार्थीका लागि छात्रवृति प्रदान गरिने बिधालयका प्रधानाध्यापक रामदत्त उपाध्यायले जानकारी दिनुभयो ।
एनआरएनए राष्टिय समन्वय परिषद अमेरिका कनेक्टिकट च्यापटरका अध्क्षय हरिप्रसाद जोशीले यस अभियानमा सहयोग गर्नुहुने पिताम्बर अधिकारी, श्यामबाबु कार्की, एन डि पन्त , मास्टर जि (मार्फत यज्ञराज जोशी ), मोहन बावु कार्की , आन्नद खड्का, प्रकाश शाह, कृष्ण राज वस्ती, विनोद गिरी , नरेन्द्र विष्ट, बाल कृण्ण कार्की, हरिश भट्ट, यज्ञराज जेशी लगायत सबै दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।






































