लण्डन, २०७६ साल माघ २९ गते बुधबार । पुन मगर समाज युकेको तेस्रो अधिवेशन सम्पन्न भएको छ । लण्डनस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा बल पुर्जा मगर निर्विरोध निर्वाचित हुनु भएको हो ।
पुन मगर समाज युकेको उपाध्यक्षमा तुलचन्द्र तिलिजा, महिला उपाध्यक्षमा मनकुमारी पुर्जा, महा-सचिवमा कमल पाइजा, कोषाध्यक्षमा चन्द्रराम खोर्जा, स ह-सचिवमा रुद्र चोचाङ्गी, सह-कोषाध्यक्षमा लिल अर्मजा चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्य हरुमा रन पाइजा, छक तिलिजा, अञ्जना पुर्जा, चित्र गर्बुजा, मेषमान पुर्जा, पार्वती पुन, गम गर्बुजा, लिल पुर्जा, बल पुर्जा, कृष्ण तिलिजा, खिम पुन चयन हुनु भएको छ ।
त्यसैगरी, सल्लाहकारमा बिल पुर्जा, तेज रामजाली, अम्बु गर्बुजा, क्याप्टेन कृष्ण पुन, क्याप्टेन राम पुन, हर्क खोर्जा, मन पुर्जा, मनवीर पाइजा, भिम चोचाङ्गी रहनु भएको छ ।
त्यसैगरी, सांस्कृतिक सचिवमा खिम पुन, सांस्कृतिक सह-सचिवमा हिमानी चोचाङ्गी र मिडिया सचिवमा अंग गर्बुजा रहनु भएको छ ।





































