जापान, ९ माघ २०७६ । एनआरएनए जापान क्षेत्रीय समिति नागोयाले नागोयामा रहेका नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार कार्यक्रम आयोजना गरिएको छ ।
यहि जनवरी २५ तारिख शनिबारका दिन नागोयास्थित विन्च आइची हलमा हुने कार्यक्रममा जापान सरकारले नेपालीहरुलाई प्रदान गरिएको तोकुतेइ गिनोउ कामदार भिषाको बारेमा विभिन्न कम्पनीका बिशेष व्यक्तिहरुद्वारा परामर्श गरिने र नेपाली बिद्यार्थीहरुलाई स्युसोकु सम्बन्धि जापानी शिक्षक सिमामुरा सेन्सेइबाट परामर्श र जापानमा नेपाली बिद्यार्थीहरुको अवसर र चुनौतिको बिषयमा नेपाली प्रोफेसर डा सुदिप अधिकारी संग अन्तरक्रिया कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा नेपाली बिद्यार्थी समाज जापान (नेसाज) सह -आयोजकको रुपमा रहेको छ । कार्यक्रम बिद्यार्थीहरुलाई केन्द्रित गरि आयोजना गरेको र नागोयामा रहेका सम्पूर्ण नेपाली बिद्यार्थीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।





































