काठमाडौं, ८ माघ २०७६ । नेपाल प्रवासी तामाङ समाज कतारद्वारा यहि शुक्रबार आयोजना गर्न लागिरहेको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका लागि कलाकार टोली कतार प्रस्थान गरेको छ ।
मन्जुश्री संवत् २८५६ `जिवा ल्हो´ सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रमका लागि तामाङ कलाकार संघका अध्यक्ष तथा गायक संगीतकार सन्जिवा वाइबा, प्रथम आइडल बुद्ध लामा बोम्जन, सेलो गायिका अन्जु लामा थोकर र म्हेन्दोमाया गायक राम गोम्जा कतार प्रस्थान गरेको हो ।
उनीहरुले दोहाको अम्वाज क्याम्प- २ मिसाइदमा बिहान १० बजेदेखि हुने कार्यक्रममा प्रस्तुति दिनेछन् ।
कार्यक्रममा स्थानीय कलाकारहरु बेजोड प्रस्तुति रहने कार्यक्रम स्थलसम्म आवतजावत गर्न नि:शुल्क यातायातको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।





































