फ्रान्स, ७ माघ २०७६ । गत बर्षहरु झैँ यस बर्ष पनि मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाड माघे संक्रान्ति पर्ब धुमधामका साथ मनाएका छ्न ।
एक विशेष समारोहका बीचमा आयोजना गरी फ़्रान्सको राजधानी पेरिसमा बस्ने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका साथ सामूहिक रुपमा १९ जनवरीमा भव्यताका साथ मनाएका हुन ।
सोही कार्यक्रममा समाजका अध्यक्ष रमेश थापा, प्रमुख अतिथि नेपाली राजदुताबास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।

समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत मन्तंब्य दिने क्रममा मगर जाती र संस्कृतिका बारेमा प्रकाश पार्नु भएको थियो । साथै, नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण बर्ष २०२०” लाई मगर समाज फ्रान्सले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
माघे संक्रान्तिमा खाईने परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेलरोटी, अचार र अन्य परिकारसहित स्वादिष्ट भोजनको साथमा समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बैनीहरुलाई सयोजँन गरी तयार पार्नु भएको मौलिक नृत्यकला प्रस्तुत गरीरहदा आम दर्शकहरु आफु स्वदेशमा नै भएको अनुभूति गरिरहेका देखिन्थे ।
अझै जापानी नागरिक सुश्री इकोमी तोगावा स्थानीय चर्चित कलाकार भिम राईसंग “दुबो फुल्यो” गितमा नेपाली ठेट लयमा नाच्दै गर्दा आम दर्शकले पुनः प्रस्तुतिका लागि आग्रह गरिरहनु भएको थियो ।
कार्यक्रम प्रस्तोता द्वय जीवन थापा र रमा थापाले बीच बीचमा ठट्टेउली पारामा भनेको गजलले दर्शकहरुलाइ थप रोमान्चित बनाएको थियो ।
उक्त कार्यक्रममा नेपाली समुदाय, स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बिशेष अतिथिका रुपमा बिश्व मगर संघ बेल्जीयमका युरोप संयोजक नेत्र थापा मगर र मगर संघ पोर्तुगलकका अध्यक्ष चोप बहादुर थापा रहनु भएको थियो ।
उक्त समारोहको मन्तब्य दिने क्रममा प्रमुख अतिथि नेपाली राजदुताबास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यही जन्मी हुर्कदो पूस्ताहरुले आफनो मौलिक कला संस्कृतिको मूल्य मान्यताबारे जानकारी पाउने बताउनु भयो ।
उक्त समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार द्वय प्रसाद खप्तरी मगर र निता पुन मगर को प्रस्तुतिले दर्शकलाइ निकै बेर नचाएको थियो ।
साथै, स्थानीय कलाकार जी पी गुरुङ, आभाष आचार्य, स्वर्णिम गुरुङ, सुमन ह्यंग राईको प्रतुती निकै आकर्षक रहेको थियो भने डेनमार्कबाट आउनु भएकी अतिथि कलाकार एन्जल खत्रीको प्रस्तुतिले दर्शक माझ वाहवाही लुटेको थियो ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष रमेश थापाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै समारोह सफल बनाउन दिनरात खटिने समाजका सम्पुर्ण लाई विशेष धन्यबाद ज्ञापन गर्नु भयो ।





































