Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:४३:०० राति
- ADVERTISEMENT -

एनआरएनका पछिल्ला १० महत्वपूर्ण उपलब्धि सार्वजनिक

प्रकाशित मिति: २०७६ पुस १९, शनिबार

1084
Shares

लण्डन, १९ पौष २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेम राज शर्माले संघका पछिल्ला १० महत्वपूर्ण उपलब्धिहरु एक कार्यक्रमका बिच सार्वजनिक गर्नु भएको छ ।

डा शर्माले सन् २०१९ संघको लागि अत्यन्त फलदायी र सुखद्  रहेको वताउनु हुदै गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति गठन गर्नुका साथै विभिन्न नवीनतम कामको शुभारम्भ गरेको वताउनु भयो ।

डा शर्माले नयाँ वर्षको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै सन् २०२० मा विगतका कामलाई निरन्तरता, आवश्यकता अनुसार परिमार्जन, परिवर्तन र नवीन सोचका साथमा एनआरएनएको नयाँ अध्याय थप्ने प्रयास जारी रहने वताउनु भएको छ ।

नयाँ कार्यसमितिको ७४ दिनको समयलाई फर्केर हेर्दा, एनआरएनएले विगतमा थालेको गोरखाको लाप्राक नमुना वस्ती लगायतका परियोजना र अन्य नियमित कामहरुको निरन्तरता दिईरहेको छ । यसअघि शुरु गरेका परियोजना वाहेकका १० उपलव्धी सार्वजानिक गरेका हुन् । उनले पुरना परियोजनामा नियमित काम भइरहेको बताउनु भयो ।

संघका पछिल्ला १० उपलब्धि

१। दश अर्बको सामूहिक लगानी कोष संकलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक सञ्चालक समितिले काम गरिरहेको छ । त्यसका लागि चार्टर एकाउण्डेट तथा बैंकका पुर्व कार्यकारी प्रमुख अनल भट्टराईको संयोजकत्वमा रहेको एक विज्ञ सम्मिलित टोलीले कोषको अवधारणापत्र तयार गरिरहेको छ ।

२। नेपाल भ्रमण वर्ष २०२० का सफल पार्न निवर्तमान अध्यक्ष भवन भट्टको नेतृवमा रहेको समिति र राष्ट्रिय समन्वय परिषद्हरुले तीव्र गतिमा काम गरिरहेका छन् ।

३। सामुहिक नेतृत्वको अवधारणा अनुरुप संघमा विभागीय संरचना लागु गरिएको छ । फ्ल्यागशिप प्रोजेक्ट, वैदेशिक रोजगार, व्यापार लगानी तथा नेपाल प्रवर्द्धन, एनआरएनए नलेज एकेडेमी, परोपकारी तथा मानव कल्याणकारी हित, महिला तथा युवा, संगठन तथा प्रशासन, र एनआरएनए फाउण्डेसन गरी ८ विभागहरु गठन गरी त्यसको नेतृत्व क्रमशः कुमार पन्त, डा। बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी, सोनाम लामा, रविना थापा, डा हेम राज शर्मा र महेश श्रेष्ठले गरिरहनुभएको छ । विभागीय प्रमुखले कार्यकालको कार्ययोजना जनवरीमा पोखरामा हुने बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

४। दोश्रो एनआरएन विज्ञ सम्मेलन काठमाडौमा गर्न डा। हेम राज शर्मा र विशेषज्ञहरुको समितिद्वारा तयारी तीव्र बनाइएको छ । अक्टोवर २०२० मा धुलिखेलमा सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

५। नेपाल र विदेशमा एनआरएनए फाउण्डेशन स्थापना गर्न कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एकनाथ खतिवडा, डा पुरु श्रेष्ठ लगायतको टोलीले अवधारणापत्र बनाइरहेको गरिरहेको छ । आगामी अक्टोवरभित्र फाउण्डेशन स्थापना गर्ने र एनआरएनएले सञ्ंचालन गर्ने सबै परोपकारी परियोजना फाउण्डेशन मातहत ल्याउने तयारी गरिएको छ ।

६। पारदर्शी र तथ्यपरक आर्थिक कारोबारका लागि अडिट समिति गठन गरिएको छ, छुट्टै स्वतन्त्र विज्ञहरुको टोलीले म्गभ म्ष्ष्निभलअभ ब्गमष्त ९म्म्ब्० गरिरहेको छ । त्यसको रिपोर्ट अन्तिम चरणमा छ ।

७। वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न डा। बद्री केसीको नेतृत्वमा विज्ञहरुको समिति गठन गरिएको छ । वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि, पदाधिकारीहरुबाट रु १ करोड भन्दा बढीको सहयोग रकम संकलन भएको छ । रेमिटेन्सको केही अंशबाट राहत कोष निर्माण गर्न राष्ट्रबैंकसँग प्रारम्भिक छलफल भएको छ ।

८। व्यवस्थित र सहभागितामुलक निर्वाचन गर्न विधानमा आवश्यक परिमार्जन र परिवर्तन गर्न विशेष महाधिवेशनको तयारी भइरहेको छ ।

९। संघलाई अत्याधुनिकरण बनाउन गौरी जोशी नेतृत्वमा ‘स्मार्ट एनआएएन प्रोजेक्ट’ सुरु गरी त्यसको लागि सिष्टम अडिट थालिएको छ । त्यसको अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ ।

१०। काठमाडौंको मुख्य स्थानहरुमा सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरसँग समन्वय र सहकार्य जारी रहेको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -