अमेरिका, १९ पौष २०७६ । गोरखा अमेरिका सम्पर्क समितिद्वारा अंग्रजी नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जनवरी २ तारीकका दिन गोरखा अमेरिका सम्पर्क समितद्वारा अंग्रेज़ी नयाँ वर्ष २०२०, नेपाल भ्रमण वर्ष २०२० को शुभ अवसरमा उपलक्षमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त शुभकामना आदान-प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष बिश्व भट्टको सभापतित्वमा, गोरखा कांग्रेस पार्टी सचिब नन्द प्रसाद न्यौपानेको प्रमुख आथित्यतामा, नेपाल साँस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, कवि तथा हास्य व्यंग्य कलाकार शैलेन्द्र सिंखडा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, अमेरिकामा रहनु भएका गोर्खाली, समाजसेबी तथा अन्य अतिथि महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अथिति पार्टी सचिब नन्द प्रसाद न्यौपानेले शुभकामना मन्तव्यका क्रममा बिदेशी शिप ज्ञान क्षमता लगाएतका कुराहरु स्वदेशमा भित्र्याउनु पर्नेमा जोड दिनुभयो साथै एक आपसमा गोरखाको बिकासमा हातेमालो गरेर अघि बढनु पर्ने बताउनु भयो ।
शुभकामना आदान प्रदानका साथमा विभिन्न हास्य व्यंग्य लगायत अन्य प्रस्तुति समेत रहेको थियो ।





































