गोरखा, १० मङ्सिर २०७६ । पाण्डे नव एकता समाज (पानस) को प्रथम साधारण सभा स्थापना कालमा गठन गरिएको कार्य समितिलाई पुन दोश्रो कार्यकालका लागि निरन्तरता दिंदै साधारण सभा सम्पन्न भएको छ ।
गोरखा जिल्ला भिमसेन थापा गाउपालिका वडा नं २ बगुवाखेतका आफ्नो कर्म थलो बनाउँदै आएका सम्पुर्ण पाण्डेहरुद्वारा विभिन्न ठाउँमा छरिएर स्थायी र अस्थाई रुपमा बसोबास गर्दै आएता पनि संगठित भएर संस्थागत रुपमा अगि बढ्ने निर्णय अनुसार २०७१ कार्तिक २१ गते काठमाडौमा प्रथम भेला आयोजना गरि उक्त भेलालाइ नै संस्थाको आधिकारिक भेला मान्दै पाण्डे नब एकता समाज ( पानस) को जन्म भएको हो ।
बिगत ५ बर्षदेखि निरन्तर रुपमा संचालनमा आएको उक्त संस्थाले बनभोज तथा रचनात्मक कार्यक्रम, लुकेको प्रतिभाको उजागरण र आर्थिक सहयोग पनि गर्दै आइरहेको छ । अध्यक्ष हरिराम पाण्डेको नेतृत्वमा उपाध्यक्ष चण्डिका पाण्डे, सचिवमा नबराज पाण्डे, सह-सचिवमा प्रकाश पाण्डे, कोषाध्यक्षमा सीता पाण्डे रहनु भएको छ ।

त्यसैगरी, सदस्यहरुमा ओम प्रसाद पाण्डे, बालकृष्ण पाण्डे, गोकुल पाण्डे, सुनिल पाण्डे, सन्तोष पाण्डे र नवीन पाण्डे रहनु भएको छ ।
आवस्यकता अनुसार सदस्यहरु पछि थप गर्न सकिने निर्णय सहित साधारणसभामा जेष्ठ नागरिक चक्रपाणि पाण्डे, धर्मप्रसाद पाण्डे र चुडावति पाण्डेलाई अभिनन्दन गरीएको थियो ।
त्यसैगरी, SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल बिप्लब पाण्डे, सुगम पाण्डे, उमेश पाण्डे र ओजस्वी पाण्डेलाई सम्मानित गरिएको छ । बि स २०७१ कातिकदेखि २०७६कातिक सम्मको आय ब्याय सर्बसम्मत रुपमा पारित गरिएको छ ।
उक्त कार्यक्रममा पानसका बृध्द युवा, बालबालिका र थुप्रै चेलिहरु साथै केही पाहुनाहरुको उपस्थिति रहेको थियो भने साधरण सभा सीता पाण्डेको बाख्रा फार्म तिनपिप्लेमा सम्पन्न भएको थियो ।





































