अमेरिका, ४ कात्तिक २०७६ । गोरखा-अमेरिका सम्पर्क समितिले गत शनिबारका दिन San Francisco मा “भेटघाट तथा अन्तरक्रिया”कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणको कार्यक्रममा “भेटघाट तथा अन्तरक्रिया “कार्यक्रम गरिएको थियो । नेपाली काङ्ग्रेसका नेता गोरखा जिल्ला क्षेत्र नं-२ का प्रदेश सभासद् प्रकाशचन्द्र दवाडीको प्रमुख आथित्यतामा, शुशिल कोइराला फ़ाउण्डेशनका केन्द्रीय सदस्य सचिव तथा प्राध्यापक अतुल कोइराला र प्रत्रकार जगत नेपालको विशिष्ट आथित्यतामा, अन्य अतिथी, समाजसेबी पत्रकार लगायत महानुभाबहरुको उपस्थितमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय प्रकाशचन्द्र दवाडी “नेपाली जन-सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर “तथा “गोरखा-अमेरिका सम्पर्क समिति” की सल्लाहकार हेमा पनेरू, नेपाली जन-सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर का सचिव हरि भट्ट,नNANC का पुर्व अध्यक्ष तथा पर्यटन दुत घन प्रसाद दवाडी, तमु सोसाइटीका अध्यक्ष चन्द्र तमु, लगाएतले मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथी सभासद् दवाडीले “गोरखा-अमेरिका सम्पर्क समिति” संग आफु सहकार्य गरेर जान तयार रहेको र रचनात्मक कामको लागि कार्य योजना दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको सभापतित्व यस संस्थाका सभापति विश्व भट्टले गर्नु भएको थियो । बिश्व भट्टले आफ्नो धारणा राख्ने क्रममा वे-एकियामा सामुहिक भवनको लागि सरोरारवालाहरूसंग सहकार्य गरेर अगाडी बढ्ने र नेपालको ग्रामीण भेगमा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य संस्थाले हाललाइ लिएको कुरा उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा नेपालको कुनै ग्रामीण भेगमा “शिक्षा क्षेत्रमा सहयोग गर्ने र वे-एरियामा सामूहिक धार्मिक भवन (मन्दिर, गुम्बा, चर्च) बनाउन पहल गरिनुको साथै सरोकारवालाहरूसंग समन्वय गरी अघि बढ्ने कुरा घोषणा गरिएको छ ।

त्यसैगरी, कार्यक्रमको दोश्रो चरणमा प्रतकार जगत नेपालद्वारा तयार पारिएको प्रतिबन्धित कालमा नेपालमा नेपाली कॉंग्रेस पार्टीको इतिहाससंग संबन्धित भएको “विमान अपहरण”वित्त चित्र प्रदर्शन गरिएको छ । ऐतिहासिक महत्व र तयार पार्दाको कठिनाइबारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगाएत अन्य महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





































