आखिर मेराे पनि त मन छ
मनैमन भित्र-भित्रै कुरा चल्छ
कथा व्यथाको आधिबेरी चल्छ
अनि आखाबाट झरी बर्षिदिन्छ |
आखिर मेराे पनि त…….
घरी त्याे खुशीकाे सागरमा पौडी दिन्छ
घरी त्याे भावना रुपी मरुभुमिमा तडपिदिन्छ |
आखिर मेराे पनि त………
कहिलेकाही अनायासै कता कता टाेलाइदिन्छ
अनि फेरि याथार्थताले चिच्चायर बाेलाइदिन्छ |
आखिर मेराे पनि त……..
खुशी हुदा भित्रबाट हासिदिन्छ
दु:खि हुदा आसु लुकाइ भित्रै भित्र राेइदिन्छ |
आखिर मेराे पनि त मन छ………..
दुर्गा कार्की, भक्तपुर









































