Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०७:४१ बिहान
- ADVERTISEMENT -

पोखराका हिमाल गुरुङको एनआएनए आइसीसी संयोजकमा उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०७६ असोज २७, सोमबार

728
Shares

काठमाडौँ, २७ असोज २०७६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका काठमाडौंमा हुँदैछ । सम्मेलन यही असोज २८, २९ र ३० गते हुँदैछ । सम्मेलनमा ५५ देशका करिव २२ सय प्रतिनिधि सम्मेलनमा सहभागी हुने एनआरएनएले जनाएको छ ।

२८ असोज मंगलबार राजधानीको होटल हायात रिजेन्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्मेलनको उद्घााटन गर्नेछन् ।

दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ ।

एनआरएनएको नयाँ नेतृत्वका साथै अन्य विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर प्रचार अभियान तीव्र बनाइएको छ ।

गुरुङको सामाजिक जीवनको शुरुआत नेदरल्याण्ड्सबाटै भएकाले उनले आफ्नो उम्मेदवारी घोषणा समेत नेदरल्याण्ड्सबाटै गरेका छन् । युवा हिमालले एनआरएनए नेदरल्याण्डको नेतृत्व समेत सम्हालिसकेका छन् ।

त्यसैगरी,  नेपालको संसदमा विचाराधीन नागरिकता ऐन अघि बढाउन पहल गर्ने नेपालका सामुदायिक विद्यालयको स्तरोन्नति, गुणस्तरीय शिक्षाका साथै भौतिक संरचना निर्माणका लागि आवश्यक समन्यवकारी भूमिका खेल्ने समेत उनको लक्ष्य छ ।

यसैगरी विदेशस्थित नेपाली नयाँ युवा पिंढीमा नेपालबारे भावना जागृत गराएर स्वदेश फर्काउन समन्वयकारी भूमिका खेल्ने, नेपालको खेलकुदका साथै विभिन्न आयोजना निर्माणमा लगानी भित्र्याउन पहल गर्ने गुरुङको लक्ष्य छ ।

सञ्चार तथा प्रविधिमा दोस्रो पुस्ताका एनआरएनले आर्जेको सीप तथा नेपालमा सदुपयोग तथा परिचालन गरी समृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनले बताए ।

उनले यसअघि नेपालको महाभूकम्प र वाढीपीडितका लागि सहयोग संकलन गरी नेपालको विभिन्न क्षेत्रमा सहयोग गरेका थिए । उनले नेपालको ग्रामिण भेगमा रहेको विभिन्न समेत विद्यालयमा सहयोग गरेका छन् ।

आफ्नो कार्यकालमा सबैभन्दा कान्छा अध्यक्ष रहेका गुरुङ नेदरल्याण्ड्समा गैरआवासीय नेपाली संघको अध्यक्ष हुँदा गरेका विभिन्न सामाजिक कामका कारण चर्चित छन् । उनी एनआएनए अन्तर्राष्ट्रिय समन्वय समितिको वर्तमान सदस्य समेत हुन् ।

उनले आफू संयोजकमा निर्वाचित भएपछि गर्ने काम समेत घोषणा गरेका छन् । गुरुङले विषेश गरेर दोस्रो पुस्ताका एनआरएनलाई एनआरएन अभियानको मूलप्रवाहमा समाहित गराउने मुख्य एजेण्डा अघि सारेका छन् ।

यसैगरी विदेशमा कमाएको शिप र पुँजीलाई स्वदेशमा लगानी गरी समृद्ध नेपाल निर्माणमा भूमिका खेल्ने, विदेशमा रहेको सबै नेपाली युवाबीच आपसी भाइचरा विस्तार र बलियो सम्बन्ध स्थापित गर्न पहल गर्ने नेपालमा आइपरेको विपत्तिमा विदेशस्थित विभिन्न संघसंस्थासंग समन्वय गरी सहयोग भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -