काठमाडौं, २६ असोज २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा केशव पौडेलले उम्मेदवारी घोषणा गर्नु भएको छ । आज आइतबार दरबार मार्गको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन मार्फत डा पौडेलले महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको थियो ।
एनआरएन अमेरिकामा दुई कार्यकाल नेतृत्वमा रहेका पौडेलले यसअघि नेपालमा विद्यार्थी जीवनदेखिनै नेतृत्व गदै आएका डा पौडेलले एनआरएन अमेरिकालाई संस्थागत रुपमा माथि उठाउदै आउने क्रममा आइसिसिको संस्थागत हितको लागि महासचिव पदमा उम्मेद्वारी दिएको जानकारी दिनुभयो ।
“कर्मभूमिमा पनि हामीले आफ्नो अस्तित्व खोज्नुपर्छ भनेर हामीले हाम्रा साथीहरूलाई उभ्याउनुपर्छ । हाम्रो हकअधिकार खोज्न कर्मभूमिमा पनि मेनस्ट्रिममा जानुपर्छ ।” उहाले भन्नुभयो ।
“हामी प्रेसिडेन्टियल सिस्टममा छौ । म अध्यक्षलाई सघाएर अघि बढ्छु । मेरा पनि भिजन छन् । एनआरएन मुभमेन्टका कमजोरीलाई कम गर्न मेरा केही प्रतिबद्धताहरु छन् । सचिवालयको सुदृढीकरण र व्यवस्थापन गर्छु । अनावश्यक कर्मचारी राखिएका छन् । भद्दा खर्च भएका छन् । खर्च कम, काम धेरै गर्ने काममा म अघि बढ्नेछु,” डा पौडेलले भन्नुभयो ।
नेपालमा भएका संघसंस्थासँग सहजीकरण गर्न नसकेको जनाउँदै उम्मेदवार पौडेलले एनआरएनको धेरै काम नदेखिएको उल्लेख गर्नु भयो । “एनआरएनले धेरै काम गरेको छ । तर, सञ्चार र अन्तर्क्रियाको कमीले धेरैले थाह पाएका छैनन् । यो ग्याप म मेटाउँछु ।” भन्नुभयो ।





































