Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:४१ बिहान
- ADVERTISEMENT -

जापानबाट दुई नेपाली निस्कासित

प्रकाशित मिति: २०७६ असोज ३, शुक्रबार

765
Shares

काठमाडौं, ३ असोज २०७६ । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ । नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो। शेर्पा दोलखाका स्थायी बासिन्दा हुन् । थापामगर काठमाडौं बस्थिन्। दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो । जापानी अध्यागमन सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई बुधबार काठमाडौं ल्याएका हुन् । शेर्पा र थापामगरलाई थाइ एयरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

नेपालस्थित जापानी दूतावास र काठमाडौंसम्म ल्याउने जापानी सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएका थिए ।

नेपालस्थित जापानी दूतावासले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उनीहरूलाई निष्काशन गर्नुपर्ने स्पष्ट कारण खुलाएको छैन । यद्यपी, उनीहरू जापानमा ‘ओभर स्टे’ रहेकाले त्यहाँको अध्यागमनले पक्राउ गरेको हुन सक्ने स्रोतको दाबी छ ।

जापानी दूतावासले जापानको अध्यागमन कानुन बमोजिम ती दुई नेपालीलाई निष्काशन गर्नुपरेको व्योहोराको पत्र अध्यामगनलाई बुझाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले जापानी अध्यागमनले दुई नेपालीलाई निष्काशन गरी पठाएको पुष्टी गरे । प्रमुख पौडेलले अन्नपूर्णसँग भने, ‘ओभर स्टे बसेका उनीहरूलाई जापानी अध्यागमन कार्यालयले पक्राउ गरी पठाएको हो। हामीले बुझेर उनीहरूलाई अआफ्नो घर पठाएका छौं ।’

नेपालस्थित जापानी दूतावासले मंगलबार दुई नेपाली नागरिक निष्काशन गरिएको बारे अध्यागमन विभागलाई लिखित जानकारी गराएको थियो । विद्यार्थी भिसामा जापान जाने विद्याथीले पढ्न छाडेर शरणार्थी बन्ने प्रयास गर्न थालेपछि त्यहाँको अध्यागमनले नेपालीमाथि कडाइ गर्न थालेको छ । जापानमा झण्डै ८० हजार नेपाली अध्यायनसहित विभिन्न पेशारव्यवसायमा संलग्न छन् ।   अन्नपूर्णबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -