Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०७:५८ बिहान
- ADVERTISEMENT -

नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्धिपक्षीय सम्झौता अनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने तयारी

प्रकाशित मिति: २०७६ भदौ २६, बिहीबार

1293
Shares

काठमाडौ, भदौ २६ गते । नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्धिपक्षीय सम्झौता अनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी विहीबार सहमति भएको छ । मलेसियास्थित कोलाम्बपुरमा तीन दिनसम्म दुई देशका प्राविधिक समितिको बीच लगातार भएको बैठकले सो विषयमा सहमति जुटाउन सफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा बैठकका लागि गएको टोलीले तीन दिन लामो गहन छलफलपछि सो बारेमा सहमति जुटाउन सफल भएको छ ।

बैठकको नेतृत्व गर्दै मलेसिया रहनुभएका सहसचिव घिमिरेले यसअघि भएको सम्झौता अनुसार नै शून्य लागतमा नेपाली श्रमिक मलेसियाले लिने सहमति भएको जानकारी दिनुभयो । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो ।

सहमतिपछि बाँकी रहेका विषयलाई टुंगो लगाउन दुबै देशमा प्राविधिक समति गठन गरिएको थियो । ती समितिको चरण चरणमा बैठकपछि बल्ल यस विषयमा अन्तिम टुंगो लागेको नेपालको तर्फबाट प्राविधिक समितिका संयोजकसमेत रहनु भएका घिमिरेले जानकारी दिनुभयो ।

मलेसिया रोजगारी खुलाउन मङ्गलबारदेखि मलेसियामा वार्ता जारी थियो । तीन दिनसम्मको वार्तामा केके सहमति भयो भन्ने बिषयमा कुनै कुरा सार्वजनिक गरिएको थिएन ।

अघिल्लो बर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि गत सोमबार मलेसिया गएको थियो ।

दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुला भएको हो । दुई देशको सहमतिसंगै अब नयाँ श्रमिकले बैदेशिक रोजगारीका लागि मलेसिया जाने बाटो समेत खुला भएको छ । मलेसिया र नेपाल बीच भएको पछिल्लो सहमतिको बिषयमा थप जानकारी केहिबेरमा आउने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -