टोकियो, १४ भाद्र २०७६ । एन आर एन ए जापान अधिवेशन नजिकदै जॉंदा निर्वाचनको लागी उम्मेदवारीसंगै केहि पदहरुमा भने निर्बिरोध निर्वाचित भएका छन् ।
त्यस मध्य जापानबाट आई सि सि तर्फ प्रर्तिनिधित्व गर्दै समाजसेवि सफल व्यबसायी एन आर एन ए अभियन्ता एबम नेपाली जनसम्पर्क समिति जापानका निबर्तमान सभापति डि पि कडेंल निर्विरोध निर्वाचित भएका हुन ।
दुई जना मध्य अर्का तुलसी राम खरेल समेत निर्विरोध निर्वाचित भएका छन् । दुई पदमा दुई जनाको मात्र उम्मेदवारी परेकाले स्वतह निर्वाचित भएका हुन् ।
त्यसैगरी, एन आर एन ए जापान एन सि सि तर्फ पनि केहि पदहरुमा निर्बीरोध भएको छ । तर निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन भने बॉंकी नै रहेको स्रोतले जनाएको छ ।





































