जापान, ३ भाद्र २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्वय परिषदले पञ्जीकृत सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म सदस्यता आवेदन खुला गरेको जानकारी गराएको हो ।
नयाँ सदस्यका सदस्यता शुल्कका साथै फोटो, रेसिडेन्स कार्यको प्रतिलिपि वा सवारी चालक अनुमतिपत्र र एक हजार येन बैंकमा जम्मा गरेको भौचर नत्थी गरेर अनलाइन फारम भर्नुपर्नेछ ।
त्यसैगरी, यसअघिको आवेदन अनुसार जुन १६,१०१९ सम्म आवेदन गरेका तर प्रक्रिया नपुगेका सदस्यहरुले बाँकी प्रक्रिया पुऱ्याई सदस्य बन्न सकिने छ भने सो मितिसम्म आवेदन नदिएका सदस्य बन्न इच्छुकहरुका लागि सेप्टेम्बर १० सम्म आवेदन दिन सूचना जारी गरिएको हो ।
बिज्ञप्ति






































