जापान, १ भदौ २०७६ । एनआरएनए सदस्यमा राजेश खनालको उम्मेदवारी घोषण गर्नु भएको छ ।
एनआरएनए जापानको चुनाव नजिकिदै गर्दा उम्मेदवारी घोषणा पनि निरन्तर चलिरहेको छ ।
पाल्पामा जन्मेर बिगत १२ बर्षदेखी जापानमा आफ्नो व्यवसाय गर्दै आउनुभएका युवा समाजसेवी राजेश खनालले एनआरएन जापानको केन्द्रीय सदस्यका लागी उम्मेदवारी घोषणा गर्नुभएको छ ।
जापानमा रहदा पनि बिभीन्न सामाजिक संघ संस्थामा रहेर जापानमा रहनुहुने नेपालहरुलाई दुख सुखमा साथ दिदै आउनुभएको छ ।
जापानमा आएदेखीनै प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनआरएनएमा आबद्द रहि निरन्तर सामाजिक काममा अग्रसर खनालले यसपाली थप सामाजिक काम गर्ने प्रढ सहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।
आगामी चुनावमा मतदान गरी अत्यधिक मतले जिताईदिनुहुन जापानवासी नेपालीहरुमा उहाँले बिषेश अनुरोध गर्नुभएको छ ।





































